Comments Add Comment

श्रीमानबिरुद्ध जवरजस्ती करणीको मुद्दा

४ फागुन, डोटी । आफ्नै श्रीमानले बलात्कारको प्रयास गरेको आरोपमा एक महिलाले जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्धा दिएकी छिन् ।

शिखर नगरपालिका-६ की महिलाले श्रीमानको विरुद्धमा जबरजस्तीकरणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । लगतै आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

उनीहरुको करीव १० बर्षअघि बिहे भएको थियो । उनीहरुका दुई छोराछोरी छन् । श्रीमतीले दिएको निवेदन अनुसार कसुर प्रमाणित भए निज श्रीमानलाई दुई वर्ष ६ महिना जेल सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment