Comments Add Comment

शून्य दिमाग हुनेले सरकारको काम देखेनन् : मन्त्री बास्कोटा

५, फागुन, काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले एक वर्षको अवधीमा उल्लेखनीय काम गरेको दावी गरेका छन् ।

काभ्रेको धुलिखेल नगरपालिकाको ३३ औं स्थापना दिवसको कार्यक्रममा उनले १ वर्षमा कानूनी जटिला र नीतिगत अवरोध हटाउदै सरकारले जनमत अनुसार नै काम गरेको बताएका हुन् ।

मन्त्री बास्कोटाले भने ‘सरकारले केही गरेन भन्नेहरुले त औसत गरे भनिसक, एक वर्षमा केही गरेन भन्ने र सोच्ने दिमाग नै शून्य छ ।’

सबै तहका सरकारले आफ्नो ठाउँबाट जनताको समृद्धिका लागि काम गरिरहेको मन्त्री बास्कोटाले बताए । ‘सडक पुल पुलेसाहरु बनिरहेकै छन् । नीतिगत संगठनात्मक सुधारका पाइला अगाडि बढिरहेका छन्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment