Comments Add Comment

श्रवण– लक्ष्मीको उद्दार : मानव सेवा आश्रम हेटौंडा लगिए

६ फागुन, विराटनगर । एक दशकदेखि नहरको किनारमा बसिरहेका श्रवण र लक्ष्मी मण्डलको सोमबार उद्दार भएको छ ।

सोमबार त्रिपालमुनि बसीरहेका श्रवण लक्ष्मीलाई उद्दार गर्न मानव सेवा आश्रमको टोली आएको थियो । हेटौडा जाने तयारी गर्दै गर्दा श्रवणले भने ‘त्रिपाल बोक्नु पर्छ कि पर्दैन ?

तीन धुर जग्गा पाए आफ्नै घर बनाउने आसमा रहेका श्रवण राम्रो घरमा बस्न पाउने भएपछि हेटौडा जान राजी भएका थिए ।

एकदशक यता नहरको डिलमा बसिरहेका श्रवणलाई हेटौडामा पनि त्रिपाल मै बस्नुपर्छ कि भन्ने चिन्ता थियो । तर मानव सेवा आश्रमका प्रतिनिधिले पक्की घरमाा बस्न पाइने र केही समान लान नपर्ने बताएपछि उनी खुसी भएर गाडीमा चढे ।

यो पनि पढ्नुहोस् : थोत्रो त्रिपालमुनि श्रवण-लक्ष्मीको प्रेम

मनकारीहरुबाट सहयोग जुट्न थालेपछि एकसाता यता श्रवणले कमन्डलु बोक्नु परेको थिएन । दाताले दिएको चामाल, चाउचाउ, भुजा बोकेका श्रवणले हेटैडा जादा आफ्नो त्रिुशल र कमण्डलु छाडेनन् । नहरको डिलमा बस्दा त्रिशुल र कमण्डलु बोकेर गुजारा गरिरहेका श्रवणले सम्पत्तिको रुपमा रहेको थाल गिलासपनि साथमै लगे ।

हेटैडा जान बुढीगंगा गाउँपालिकाले भ्यानको व्यवस्था गरिदिएको थियो । गाडीमा बसेपछि श्रवणको अर्काे इच्छा पनि पूरा भयो । ‘अशक्त श्रीमतीलाई बजार घुमाउन ह्वीलचेयर खोजिरहेका श्रवणको इच्छा उमेश बान्तवाले पूरा गरिदिइन् ।

सीता तुम्खेवाले संकलित ४९ हजार ५४० रूपैयाँ र लत्ताकपडा प्रदान गरिन् ।

उद्दारका क्रममा लक्ष्मीको उपचार गर्ने पनि बताइएको थियो । तर लक्ष्मीले उपचार गर्दा टाउकोको ट्यूमर काट्न डर लाग्ने बताइन् । लक्ष्मीको टाउकोमा पलाएको ट्यूमरको उपचार गर्न धेरै जोखिम हुने डा. सूर्य पराजुली बताउँछन् । लक्ष्मीको ट्यूमरको परीक्षण विराट टिचिङ हस्पिटलले गरेको थियो । तर पूरानो ट्यूमर भएका कारण उपचार गर्दा बढी जोखिम हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment