Comments Add Comment

देउवालाई सिमरामा १५१ किलोको माला

८ फागुन, सिमरा । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एक सय ५१ किलोको मालाले स्वागत गरिएको छ ।

बुधबार बिहान सिमरा आएका देउवालाई जितपुरसिमरा उपमहानगरपालिकाका कांग्रेस नगर सभापति श्यामबाबु गुप्ताले १ सय ५१ किलोको माला लगाइदिएका हुन् ।

सिमरा विमानस्थलबाट कार्यकर्ताको ठूलो भीडसहित पार्टी कार्यालयसम्म लगिएका देउवालाई त्यहाँ आयोजित कार्यक्रममा मालाले स्वागत गरिएको हो ।

त्यहाँ देउवाले पत्रकारहरुसँग भने कुरा गर्न मानेनन् । संचारकर्मीका अघि देउवाले नबोल्ने संंकेतले हात हल्लाए । ‘तपाईहरु त बुझने मान्छे, बुझिदिनुस्, उहाँले अहिले बोल्नुहुन्न, पर्सि फकिँदा बोल्नुहुन्छ,’ कांग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले भने ।

देउवा कांग्रेसका नेता एवं पूर्वसांसद अनिल रुंगटाको लगानीमा वीरगञ्जमा खुलेको होटल दियालोको उद्घाटन गर्न आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment