Comments Add Comment

अष्ट्रेलिया जान झुटो बिहे गर्नेको कथामा ‘कागजपत्र’

चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अपिल बिष्ट निर्देशित चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । यो चलचित्रमा नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको लगानी छ भने यसका कार्यकारी निर्माता निरज सिंह बिष्ट हुन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, कास्मिर डिक्सनको छायांकन, बसन्त सापकोटा, संगीत सापकोटा, हर्कुलस बस्नेतको संगीत छ ।

यो चलचित्रले विशेषगरि, अष्ट्रेलिया वा अमेरिका जानका लागि हुने झुटो बिहेको कथालाई उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment