Comments Add Comment

महेन्द्रनगरले रुपन्देहीलाई दियो ११६ रनको लक्ष्य

९ फागुन, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको इलिमिनेटर खेलमा महेन्द्रनगर यूनाइटेडले रुपन्देही च्यालेन्जर्सलाई ११६ रनको लक्ष्य पेश गरेको छ ।

फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११५ रन बनायो । महेन्द्रनगरका कप्तान शरद भेषावकर २९ रनमा अविजित रहे ।

त्यस्तै, सुब्रमनियन आनन्दले २०, अमरसिंह रौटेलाले १९, मोहम्मद नाभिदले १८ र आरिफ शेखले ११ रन बनाए । त्यस्तै, अविनाश बोहराले पाँच बलमा ११ रन बनाए ।

बलिङतर्फ रुपन्देहीका ललित भण्डारीले चार विकेट लिए । त्यस्तै, पुनित मेहराले तीन र बसन्त रेग्मीले दुई विकेट लिए ।

यो खेलको विजेताले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेलमा काठमाडौं गोल्डेन्ससँग प्रतिस्पर्धा गर्नेछ । डीपीएलको फाइनलमा भने सीवाईसी अत्तरिया पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment