Comments Add Comment

स्वतन्त्र न्यायपालिकाको पक्षमा मेरो उम्मेदवारी : पोखरेल

९ फागुन, काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्षका उम्मेदवार सुनिल पोखरेलले न्यायपालिकालाई स्वतन्त्र बनाई न्यायमा जनताको पहुँच पुर्‍याउनुलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने बताएका छन् ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले लोकतन्त्र, विधिको शासन र स्वतन्त्र न्यायपालिकाको पक्षमा आफूहरु रहेको बताए । पोखरेलले अदालतको स्वतन्त्रता प्राथमिक एजेण्डा रहेको भन्दै न्यायपालिकालाई स्वतन्त्र, भ्रष्टाचारमुक्त, निर्भिक र राजनीतिक हस्तक्षप मुक्त गराई जनताको न्यायमा पहुँच पुर्‍याउनुपर्ने बताए ।

पोखरेलले संविधानको मर्म विपरीत हुने कुनै पनि कार्य बार एशोसिएशनलाई स्वीकार्य नुहने स्पष्ट पारे । आगामी चैत २६ गते बार एशोसियसनको निर्वाचनका लागि सत्तारुढ नेकपा र विपक्षी नेपाली कांग्रेस निकट कानून व्यवसायीहरुले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।

पोखरेल कांग्रेस निकट प्यानलबाट अध्यक्षका उम्मेदवार हुन् भने नेकपा निकट प्यानलबाट चण्डेश्वर श्रेष्ठ उम्मेदवार छन् । अध्यक्षमा अन्य ६ जनाले पनि उम्मेदवारी दिएका छन् ।

२५ सदस्यीय समितिमा महिला खुल्ला उपाध्यक्ष एक जना र प्रत्येक प्रदेशबाट एक/एक जना गरी ८ जना उपाध्यक्ष रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment