Comments Add Comment

मनाङलाई हराउँदै च्यासल तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

९ फागुन, बुटवल । लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई पाखा लगाउँदै भ्याली च्यासल युथ क्लब बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकपको अन्तिम चारमा पुगेको छ ।

देवीनगरस्थित एन्फा एकेडेमीको मैदानमा बिहीबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा च्यासलले मनाङमाथि १—० को जित निकालेको हो । च्यासलको जितका लागि खेलको ४८ औं मिनेटमा हेमन थापामगरको पासमा विदेशी खेलाडी अर्माण्डले हेडमार्फत गरेको गोल नै निर्णायक बनेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पनि दुबै टिमले आक्रामक खेल खेलेका थिए । दोस्रो हाफको शुरुवातीमै गोल गरेर अग्रता लिएको च्यासलका सामुु पटकपटकको अवसर सदुपयोग गर्न चुक्दा लिग विजेता मनाङ प्रतियोगिताबाटै बाहिरिन पुग्यो ।

खेलमा च्यासलका गोलरक्षक दिनेश थापामगर म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार हात पारे । शुक्रबार पहिलो सेमिफाइनल खेल आयोजक रुपन्देही ११ र दाफिन्स एफसी क्यामरुनबीच हुने आयोजक जिल्ला फुटबल संघ रुपन्देहीका उपाध्यक्ष हरि क्षेत्रीले जानकारी दिए ।

फागुन १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ८ लाख ८० हजार र उपविजेताले ५ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment