+
+

‘दबंग ३’मा करिनाको आइटम

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १४ गते ११:३६

बलिउड नायक सलमान खान र नायिका सोनाक्षी सिंहको मुख्य भूमिका रहने चलचित्र ‘दंबग ३’ अहिले चर्चामा छ । छायांकनमा जानु पूर्व नै यस चलचित्रको विभिन्न तवरबाट चर्चा चलिरहेको छ । त्यस्तैमा, नायिका करिना कपुरले यस चलचित्रमा आइटम नृत्य गर्ने कुराले पुनः मिडियामा स्थान पाएको छ ।

निर्माता अरबाज खानका अनुसार चलचित्रको स्पेशल नम्बरका लागि करिनालाई अफर गरिएको हो । तर, करिनाले यस कुरालाई पक्का भने गरेकी छैनन् । निर्माता खानले छिट्टै नै चलचित्रको औपचारिक निर्माण घोषणा गरिने र त्यहाँ उक्त कुराको पनि औपचारिक घोषणा गरिने बताए ।

‘दबंग ३’ अप्रिलबाट छायांकनमा जानेछ । निर्माता खानले भने, ‘हामीले चलचित्रलाई अप्रिल पहिलो साताबाट छायांकन सुरु गर्नेछौ । यो चलचित्रको छायांकनका लागि मुम्बाईमा सेट तयार गरिसकेका छौ ।’

चलचित्रलाई प्रभु देवाले निर्देशन गर्ने पक्का भएको छ । अहिले प्रभु देवा वरुण धणन र श्रद्धा कपुरको मुख्य भूमिका रहेको चललचित्र ‘स्ट्रिट डान्सर’मा व्यस्त छन् । उक्त चलचित्रको छायांकन सकेर प्रभु मार्चको दोस्रो साताबाट ‘दबंग’ टिमसँग आबद्ध रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?