+
+

जब साराले अनन्यालाई जर्बजस्ती अटोमा तानिन्

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १४ गते १६:१०

बलिउडमा यतिबेला नायक कात्तिक आर्यनको प्रेम चर्चा खुबै छ । उनको प्रेम नव–नायिका अनन्या पाण्डेसँग रहेको चर्चा चलेको केही समय भयो । अर्कोतिर, उनलाई नायिका साराअली खानले मन पराएको खबर पनि सार्वजनिक भैरहेको छ ।

साराले अन्तरवार्तामा कात्तिकसँग डेट गर्न मन लागेको बताएसँगै सारा पनि यो चर्चामा मिसिएकी हुन् । यस्तैमा, सारा र अनन्याको एक भिडियो सार्वजनिक भएको छ । जहाँ साराअली खानले अनन्यालाई तानेर एक अटोमा चडाएकी छिन् । उक्त भिडियो हेर्दै गर्दा अनन्या उक्त अटोमा बस्न तयार छैनन् । साराले भने अनन्यालाई बस्नका लागि भनेर तानिरहेकी छिन् ।

भारतीय मिडियामा अहिले यो कुरालाई कात्तिकसँग जोडेर चर्चामा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?