+
+
Shares

जेभियर इन्टरनेशनल : जीवनोपयोगी शिक्षाको उर्बर धरातल

शिक्षा केवल परीक्षा र अंकमा सीमित हुँदैन भन्ने मान्यतालाई आत्मसात गर्दै कलेजले विभिन्न अतिरिक्त तथा सह–पाठ्यक्रम क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १८:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेभियर इन्टरनेशनलले करिब दुई दशकदेखि विद्यार्थीलाई जीवनका लागि तयार गर्ने ध्येयसहित गुणस्तरीय शिक्षा र समग्र विकासमा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको छ।
  • कलेजले कक्षा ११ देखि स्नातकोत्तर तहसम्म विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र क्याम्ब्रिज ए लेभलसहित विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ।

‘विद्यार्थीलाई जीवनका लागि तयार गर्ने’ ध्येयसहित करिब दुई दशकअघि स्थापना भएको थियो, जेभियर इन्टरनेशनल । यस अवधिमा जेभियरको आयम अरू विस्तार भयो । यसले शैक्षिक नतिजामा मात्र उत्कृष्टता हासिल गरेन कला, साहित्य, खेलकुदमा पनि उत्तिकै उर्बर धरातल निर्माण गर्‍यो।

पढाइका अतिरिक्त जेभियरले विद्यार्थीको सर्वांगीण विकासमा केन्द्रित सिकाइ पद्धति आत्मसात गर्‍यो । व्यवहारिक जीवनलाई कसरी सहज, सरल र उत्कृष्ट बनाउने भन्ने कुरालाई प्राथमिकता दियो । अन्ततः शैक्षिक योग्यताको प्रमाणपत्रसँगै समग्र जीवनको स्तरोन्नति नै यसको सार बन्यो ।

कुशल र दूरदर्शी व्यवस्थापन, परिपक्क र समयसापेक्ष शिक्षण, पुग्दो शैक्षिक संशाधन, विद्यार्थीमैत्री वातावरणसँगै यो कलेजले छोटो अवधिमा आफ्नो अलग पहिचान बनायो ।

वर्तमान विश्व बजारले खोज्ने जनशक्ति तयार गर्दै आएको कलेजले विद्यार्थीको ज्ञान, सीपसँगै जीवनशैली पनि उन्नत हुनुपर्छ भन्ने मान्यता राखेको छ ।

नेतृत्व क्षमता, अनुशासन, व्यावहारिक सीप र सामाजिक उत्तरदायित्वसमेत विकास गर्ने वातावरण निर्माण गर्दै आएको छ । विशेषगरी एसईईपछि उच्च शिक्षा अध्ययन गर्न चाहने मेधावी विद्यार्थीहरूको रोजाइमा पर्ने कलेजहरूमध्ये जेभियर इन्टरनेशनल अग्रपंक्तिमा गनिन्छ ।

कलेजको उल्लेखनीय पक्षमध्ये एक हो– व्यक्तिगत मार्गदर्शन र परामर्श । ‘यहाँ विद्यार्थीलाई केवल रोल नम्बरका रूपमा होइन, व्यक्तिगत क्षमता र सम्भावनासहितको व्यक्तित्वका रूपमा हेरिन्छ’ सीईओ गोपाल भण्डारी भन्छन्, ‘शिक्षकहरूले विषय अध्यापनसँगै मेन्टरको भूमिका निर्वाह गर्दै विद्यार्थीलाई करिअर, नेतृत्व र आत्मविश्वास निर्माणतर्फ प्रेरित गर्छन् ।’

कलेजले आफूलाई केवल डिग्री प्रदान गर्ने संस्था नभई विद्यार्थीको भविष्य निर्माण गर्ने शैक्षिक मञ्चका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ । गुणस्तरीय शिक्षा, अनुशासन, आधुनिक सोच र समग्र व्यक्तित्व विकास खोजिरहेका विद्यार्थीका लागि यो कलेज आकर्षक विकल्प बन्न सक्छ ।

शैक्षिक कार्यक्रमको व्यापकता

कलेजले माध्यमिक तहदेखि स्नातकोत्तर तहसम्म विविध शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । कक्षा ११ र १२ अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुन संकायमा अध्ययनको व्यवस्था छ । त्यस्तै, क्याम्ब्रिज ए लेभल कार्यक्रममार्फत विद्यार्थीलाई अन्तर्राष्ट्रिय शैक्षिक प्रतिस्पर्धाका लागि तयार पारिन्छ ।

स्नातक तहमा बीसीए, बीबीएम, बीबीएस, बीएसडब्लु, बीएससी माइक्रोबायोलोजी, बीएससी इन्भाइरोमेन्टल साइन्स लगायतका कार्यक्रम सञ्चालनमा छन् । स्नातकोत्तर तहमा एमबीएसजस्ता कार्यक्रम उपलब्ध छन् । कक्षा ११, १२ तथा ए लेभलको अध्यापन कालोपुलस्थित मुख्य क्याम्पसमा सञ्चालन हुन्छ भने स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रम बौद्धको टुसालस्थित क्याम्पसबाट सञ्चालन गरिन्छ ।

आधुनिक शिक्षण र प्रविधिमैत्री वातावरण

समयसँगै परिवर्तन हुँदै गएको शिक्षण प्रणालीलाई आत्मसात गर्दै कलेजले डिजिटल शिक्षण पद्धतिलाई प्राथमिकता दिएको सीईओ गोपाल भण्डारी बताउँछन् ।

आधुनिक प्रयोगशाला, कम्प्युटर ल्याब, डिजिटल कक्षाकोठा, सेमिनार हल तथा प्रविधिमैत्री पूर्वाधारले विद्यार्थीलाई व्यवहारिक सिकाइतर्फ उन्मुख गराउँछन् ।

भौतिकशास्त्र, रसायनशास्त्र, जीव विज्ञान तथा कम्प्युटर विषयका लागि छुट्टाछुट्टै आधुनिक प्रयोगशाला उपलब्ध हुनु कलेजको अर्को विशेषता हो । यसले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अनुभव पनि प्रदान गर्छ ।

अतिरिक्त कार्यक्रममा जोड

शिक्षा केवल परीक्षा र अंकमा सीमित हुँदैन भन्ने मान्यतालाई आत्मसात गर्दै कलेजले विभिन्न अतिरिक्त तथा सह–पाठ्यक्रम क्रियाकलाप सञ्चालन गर्दै आएको छ । खेलकुद, रोबोटिक्स, फोटोग्राफी, वक्तृत्वकला, चित्रकला, संगीत, मोडेल युनाइटेड नेसन्स, गणित ओलम्पियाड, क्लब गतिविधि तथा वार्षिक उत्सवहरूले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्छन् ।

बास्केटबल, क्रिकेट, ब्याडमिन्टन र टेबल टेनिसजस्ता खेल गतिविधिमा विद्यार्थीको सक्रिय सहभागिता देखिन्छ । यस्ता कार्यक्रमले नेतृत्व क्षमता, टिमवर्क र सिर्जनशील सोच विकास गर्न सहयोग पुर्‍याउँछन् ।

उत्कृष्ट नतिजा र बढ्दो विश्वास

कलेजले वर्षेनी राम्रो शैक्षिक नतिजा हासिल गर्दै आएको दाबी गर्दै आएको छ । ए लेभल र प्लस टु दुवै कार्यक्रममा उल्लेखनीय नतिजाका कारण विद्यार्थी तथा अभिभावकबीच यसको लोकप्रियता बढेको देखिन्छ ।

सुरक्षित र प्रेरणादायी वातावरण

कालोपुलमा अवस्थित क्याम्पस सफा, व्यवस्थित र विद्यार्थीमैत्री वातावरणका लागि परिचित छ । आरामदायी कक्षा, क्याफेटेरिया, विश्राम क्षेत्र, खेल मैदान तथा सुरक्षित वातावरणले विद्यार्थीलाई सहज अनुभूति दिलाउँछ ।

कलेजले शैक्षिक वातावरणसँगै अनुशासन र नैतिक मूल्यमान्यतालाई पनि विशेष प्राथमिकता दिँदै आएको छ ।

किन रोज्ने जेभियर इन्टरनेशनल कलेज ?

-गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षा

-अनुभवी शिक्षकहरूको टोली

-ए लेभलदेखि स्नातकोत्तर तहसम्मका कार्यक्रम

-व्यक्तिगत परामर्श र विद्यार्थीमैत्री वातावरण

-अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता

-आधुनिक पूर्वाधार र प्रयोगशाला सुविधा

-काठमाडौंको सहज पहुँच भएको स्थान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?