News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं खसीबजारस्थित बेकर्स क्रिएसन प्रालिलाई म्याद गुज्रिएका बेकरी बिक्री गरेको पाइएपछि २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको छ।
- उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) अनुसार कसुर गरेको कारण सोही ऐनको दफा ३९ (१) (ख) अनुसार कम्पनीलाई तत्काल जरिबाना तिराइएको विभागले जनाएको छ।
- अनुगमनका क्रममा विभागले अन्य १५ वटा उद्योग तथा फर्महरूलाई कारबाही र निर्देशन जारी गर्दै दुई डेरी उद्योगलाई तीन दिनभित्र कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ।
७ जेठ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं खसीबजारमा रहेको बेकर्स क्रिएसन प्रालिलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
बिहीबार अनुगमनका क्रममा उक्त बेकरीले म्याद गुज्रिएका बेकरी बिक्री गरिरहेको भेटिएपछि विभागले नगद जरिबाना तिराएको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) बमोजिमको कसुर गरेको पाइएपछि सोही ऐनको दफा ३९ (१) (ख) अनुसार कम्पनीलाई तत्काल जरिबाना तिराइएको विभागले जनाएको छ ।
अनुगमनका क्रममा विभागले अन्य १५ वटा उद्योग तथा फर्महरूमाथि पनि कारबाही र निर्देशन जारी गरेको छ ।
सूर्यविनायकको जय श्रीकृष्ण डेरी उद्योग र शंखमुलको घिमिरे नमुना डेरीलाई व्यवसायसँग सम्बन्धित कागजातहरू सहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । यस्तै, अन्य १३ वटा फर्महरूलाई विभागले सचेत गराउँदै सामान्य निर्देशन दिएको छ ।
प्रतिक्रिया 4