Comments Add Comment

रिलायन्स लाइफ इन्स्योरेन्सका ६ शाखाको उद्घाटन

१४ फागुन, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न ६ ठाउँमा आफ्नो शाखा विस्तार गरेको छ । कम्पनीले हालै इटहरी, विराटनगर, धरान, दमक, इलाम र बिर्तामोड शाखा विस्तार गरेको हो ।

कम्पनीका संचालक भरत कुमार तोदीका र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले संयुक्तरुपमा इटहरी शाखाको उद्घाटन गरे ।

विराटनगर शाखाको प्रदेश नं १ का सांसद अमनलाल मोदी र धरान शाखाको प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले उद्घाटन गरिन् ।

उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र नायब कार्यकारी अधिकृत निराजन कँडेलको समेत सहभागिता थियो ।

यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नायव कार्यकारी अधिकृत निराजन कँडेल र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले संयुक्त रुपमा दमक शाखाको उद्घाटन गरे ।

साथै कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कँडेल र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले इलाम शाखाको र बिर्तामोड नगरपालिकाका प्रमुख “ुव कुमार शिवाकोटीले बिर्तामोड शाखाको उद्घाटन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment