Comments Add Comment

५० वर्षको उमेरमा पनि कसरी ३० बर्षकी झै देखिन्छिन् भाग्यश्री ?

आफ्ना जमनाकी चर्चित अभिनेत्री हुन्, भाग्यश्री । ‘मेने प्यार किया’मा सलमान खानसँग स्क्रिन शेयर गरेकी उनी अहिले उमेरले ५० बर्ष पुगिन् । घतलाग्दो चाहि के भने, अझै उनी जवान नै देखिन्छन् ।

हुन त अहिले उनी त्यती लाइमलाइटमा छैनन् । कुनै फिल्ममा काम गरेकी छैनन् । यद्यपी उनको सौन्दर्य र फिटनेसको चर्चा सेलाएको छैन । अझै जिज्ञासा राख्ने गरिन्छ, ‘उनी आफूलाई यो उमेरसम्म पनि कसरी फिट राख्छिन् ।’

त्यसो त भाग्यश्री आफै पनि अमेरिक एशोसिएन अफड्रगलेश प्राक्टिसनर्स, अमेरिकन न्युरोप्याथिक मेडिकल एकि्रडिटेशन बोर्ड र अमेरिकन होलिस्टिक हेल्थ एशोसिएशनद्वारा मान्यता प्राप्त न्युटि्रसनिस्ट तथा वेलनेस एक्सपर्ट हुन् । उनले स्ट्यानर्फो हेल्दी कुकिङ र चाइल्ड न्युष्ट्रिसनको कोर्स पनि पूरा गरेकी छिन् ।

उनको फिटनेश यात्रा काँधमा क्याल्सिफिकेशनको समस्या भएपछि सुरु भएको थियो । त्यसबेला उनले शल्यक्रिया गर्नुको सट्टा स्वस्थ जीवनशैलीको बाटो रोजेकी थिइन् ।

यस्ता छन् भाग्यश्रीको फिटनेस राज

भाग्यश्री जतिसुकै व्यस्त भएपनि आफ्नो फिटनेसको लागि जहिलेपनि समय निकाल्छिन् । उनी कुनै दिन पनि वर्कआउट गर्न छुटाउँदिनन् । बरु सामाजिक सञ्जालमार्फत पनि आफूले गरेको वर्कआउटबारे जानकारी दिइरहन्छिन् ।

विभिन्न एक्सरसाइज

भाग्य श्री आफूलाई फिट राख्न बोसु बल लगायतका विभिन्न किसिमका एक्सरसाइज गर्न रुचाउँछिन् । त्यसबाहेक, उनी फंसनल ट्रेनिक बाहेक पनि योगा, स्क्वाड ट्रेनिङका साथै विभिन्न एक्सरसाइज गर्दछिन् । जसले गर्दा उनलाई वर्कआउट गर्न कहिल्यै बोर लाग्दैन ।

माउन्टेन क्लिम्बर्स

हालैमा भाग्यश्रीले आफ्नो इन्ट्राग्राममा एउटा भिडियो राखेकी थिइन्, जसमा उनी रोप माउन्टेन क्लिम्र्बस गरिरहेकी छिन् । तौल घटाउन तथा तौललाई नियन्त्रणमा राख्न यो एक राम्रो विकल्प मानिन्छ ।

दिनको सुरुवात

भाग्यश्री आफूलाई फिट राख्न दिन विहानको सुरुवात वर्कआउटबाट गर्नु पर्ने सल्लाह दिन्छिन् । उनी भन्छिन्, विहानमा उनी पेल्भिक, लोअर व्याक तथा पेटको मांसपेशीको एक्सरसाइज गर्छिन्, जसलाई घरमा सजिलै पूरा गर्न सकिन्छ ।

मेटाबोलिज्म बढाउन

मेटाबोलिज्मको महत्वलाई ध्यानमा राखेर उनी व्यायाम गर्छिन् । यसको लागि उनी हातको भरमा प्लांक गर्छिन् । शरीरको फ्याट नष्ट गर्नको लागि प्लांक एक्सरसाइज निकै राम्रो मानिन्छ ।

क्रंच

भाग्य श्रीका अनुसार शरीरमा शक्ति बनाइराख्न हातको सहारामा क्रंच गर्नुपर्छ । यसले हातलाई पनि मजबुत बनाउन सहयोग गर्छ ।

स्वस्थ आहार

व्यायामको साथमा भाग्यश्री आफूलाई हाइड्रेट राख्न पर्याप्त मात्रामा पानी पिउँछिन् । र, खानपानमा पनि विशेष ध्यान दिन्छिन् । उनको आहारमा हरियो सागसब्जी, फलफूल र अन्य स्वस्थ्यकर खानेकुरा समावेश हुन्छ । उनको मान्यता छ, स्वस्थ रहन डाइट प्लान फलो गर्न जरुरी हुँदैन । बरु जे जति खाइन्छ, स्वस्थकर हुन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment