Comments Add Comment

डडेल्धुरामा आगलागी, बहिनीको ज्यान गयो, दिदी गम्भीर

१५ फागुन, डडेल्धुरा । जिल्लाको आलिताल गाउँपालिका–८ मा आगलागी हुदाँ एक बालिकाको मृत्युको छ । अर्का १ जना गम्भीर घाइते भएका छन् ।

गोदामबजारमा रहेको उत्तम थापाको किराना पसलमा मंगलबार राति आगलागी हुँदा उनकी ८ वर्षीया छोरी आरती थापाको जलेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आगलागीको पुष्टि गर्दै थापाकी जेठी छोरी ११ वर्षीया निरुता थापा गम्भीर घाइते भएको जनाएको छ ।

गम्भीर घाइते निरुतालाई उपचारका लागि धनगढी लगिएको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताएका छन् ।

उत्तम थापाको किराना पसलबाट लागेको आगोलेसँगैका रामबहादुर धामी, दीलबहादुर रानाको घरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले बताए ।

थापाकी २ छोरी आरती र निरुता थापा मैनबत्ती बालेर किताब पढीरहेको बेला मैनबत्ती ढलेर पसलमा आगलागी भएको थियो । आगो लागेर एक छोरी घाइते अवस्थामा आफैं घर बाहिर निस्किएपछि मात्रै परिवारले जानकारी पाएका थिए ।

आगो स्थानीय र गाउँपालिकाको अग्रसरतामा नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट धनमालमा पुगेको क्षतिको यकिन विवरण आइसकेको छैन । प्रहरीले यसबारे अध्ययन भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment