Comments Add Comment

कुवेतलाई नेपालले दियो १ सय १७ रनको लक्ष्य

१५ फागुन, काठमाडौं । उमन्स टी-२० वर्ल्ड कपको एसिया छनोट अन्तरगत कुवेतविरुद्धको खेलमा नेपालले एक सय १७ रनको चुनौती प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरा २० ओभर ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा एक सय १६ रन बनायो ।

नेपालका लागि बिन्दू रावलले सर्वाधिक २८ रनको योगदान गरिन् । उनले ४९ बलको सामना गर्दै एक चौका प्रहार गरेकी थिइन् ।

नेपालको सुस्त ब्याटिङलाई अनुभवी नेरी थापा र कप्तान रुबिना चौधरीले उकासेका थिए । उनीहरुले ३३ रनको साझेदारी गरे । नेरीले १९ बलमा त्यति नै रन बनाइन् भने रुबिनाले १३ बलमै २२ रनको आक्रामक इनिङ खेलिन् । उनीहरु दुवैले ३-३ चौका प्रहार गरेका थिए ।

ब्याटिङमा नेपालको सुरुवात राम्रो हुन सकेन । ओपनर सीता राना मगर २ बल खेलेर खाता नखोली आउट हुँदा नेपाल ६ रनको स्थितिमा थियो । त्यसपछि नेपालले नियमित विकेट गुमाउँदै गयो । तर, रुबिना र नेरीले छैटौं विकेटका लागि बलियो साझेदारी गरेर सम्मानजनक स्कोर खडा गरे ।

कुवेतका मरियाम ओमार र पि्रयादा मुरलीले २-२ विकेट लिएका थिए । यतिबेला कुवेतले ब्याटिङ गरिरहेको छ र पछिल्लो स्थितिमा विना विकेट क्षेति १४ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment