Comments Add Comment

‘दराज बिक्रेता’ बन्न आहृवान

१६ फागुन, काठमाडौं । इ-कमर्स कम्पनी दराजले ‘दराज बिक्रेता’ बन्न आहृवान गरेको छ । कम्पनीले बिक्रेता बनेर आफ्नै अनलाइन पसल खोल्न आहृवान गरेको हो ।

इ-कमर्स  क्षेत्रमा दराज बिक्रेताहरुको निकै ठूलो भूमिका रहने कम्पनीको भनाइ छ । उपयुक्त एक्सपोजरलाई नेपालका हरेक कुनामा रहेका उपभोक्ताहरु सामु आˆनो पहुँच पुर्‍याइ व्यापार बढाउन सक्नेछन् ।

university.daraz.com.np लिंकमा गएर त्यहाँ रहेको भिडियो ट्युटोरियल हेर्दै पनि दराज बिक्रेता बन्न सकिनेछ । दराजको बिक्रेता बनिसकेपछि उत्पादनहरु सूची गर्ने, उपभोक्ताहरु म्ाार्फत सामानहरुको अर्डरहरु लिने र डेलिभरी दिने जस्ता काम गर्नु पर्नेछ ।

दराजले एकै छाना मुनि सयौं लोकप्रिय ब्राण्डहरुका उत्पादनहरुलाई इलेक्ट्रनिक्स्, घरेलु सामान, खेलौना, फेशन आदि जस्ता वर्गहरुमा वगीर्ेेकृत गरेर नेपालमा अनलाइन शपिङ्गको नयाँ अवधारणा ल्याएको छ ।

दराज सगँ उपभोक्ताले नयँा र उत्कृष्ट प्रणालीहरुको उपयोग गर्न पाउनेछन् । इ-कमर्स संसारका चिनियँा महारथी अलिबाबा सगँ मिलेर ‘दराज’ बनाइएको हो । सन् २०१८ मा अलिबाबाले दराजलाई आˆनो अन्तर्गत लिएको हो ।

‘उक्त प्रणालीहरु द्वारा इच्छुकले आˆनो सफलता आफैं सिर्जना गर्नसक्नुहुनेछ’, कम्पनीले भनेको छ । हाम्रो लागि, सबैभन्दा उत्कृष्ट बिक्रेता भनेको बिक्रेतानै आफैं हो- दराज हैन, यसकारण हामी बिक्रेताहरुलाई स्वतन्त्रताको साथ बिक्री गर्न पाउने सबै औजारहरु उपलब्ध गराउँदछौँ, हाम्रो काम भनेको यस्तो औजार र नियन्त्रण प्रणालीहरुको विकास गर्नु हो जसले हरेक लेनदेनमा उपभोक्तालाई सत्प्रतिशत सुरक्षित राख्दछन्’, दराज ग्लोबलका सीईओ ब्यिार्केे मिक्खेल्सनले भने ।

बिक्रेता बन्न https://bit.ly/2rVwe3R लिंकमा गएर निःशुल्क दर्ता गर्न सकिनेछ । दर्ता गरेपछि उत्पादनहरु सूचीवद्ध गर्नुपर्नेछ । दर्ता र सूची गरिसकेपछि उपभोक्ताहरुको अर्डर आउन थाल्नेछन् र उत्पादनहरु बिक्री गर्न सकिनेछ ।

उक्त अर्डरहरु बिक्रेता सेन्टर प्रयोग गरी व्यवस्थापन गर्न सकिनेछ । दराजमार्फत हरेक महिना ७ लाख भन्दा बढी नेपाली उपभोक्ताहरु माझ आˆनो पहँुच पुर्‍याउन सकिनेछ ।

‘साथसाथै दराजको पूरै टिम दराजको साइट र एपमा नयाँ उपभोक्ताहरु आकषिर्त गर्न सधैं समर्पित छन्’, कम्पनीले भनेको छ ।
उपभोक्ताहरु म्ाार्फत समानहरुको अर्डरहरु प्राप्त गरीसके पछि उक्त अर्डरहरुको प्याकेजिङ्ग मात्र गर्नुपर्नेछ, बाँकी सबै काम कम्पनीले मिलाउनेछ ।

त्यसरी अर्डर भएको सामान बिक्री भइसकेपछि कम्पनीले थोरै कमिसन लिएर बिक्रेताको बैंक खातामा रकम जम्मा गरिदिनेछ ।

यसबाट बिक्रेताले सहजै आफ्ना उत्पादन प्रवर्द्धन गर्दै मनग्य आम्दानी गर्न सक्नेछन् । दराजको सेवा नेपालका २२ ठूला शहरहरुमा सजिलैसँग उपलब्ध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment