+
+
Shares

प्राथमिक पुँजीको शतप्रतिशत विदेशबाट ऋण लिन सकिने व्यवस्था लागू

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १६ गते १६:०५

१६ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले विदेशी बैंक तथा वित्तीय संस्थाबाट आफ्नो प्राथमिक पुँजीको शतप्रतिशत ऋण लिन पाउने व्यवस्था लागू भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार उक्त व्यवस्था लागू गर्न क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौदि्रक नीतिको मध्यावधि समीक्षामा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुले विदेशबाट आˆनो प्राथमिक पूँजीको शतप्रतिशतसम्म विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गर्ने उल्लेख गरेको थियो ।

यस अघि प्राथमिक पुँजीको ५० प्रतिशतसम्म विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था थियो । मौदि्रक नीतिको प्रथम त्रैमासिक समीक्षा अघि वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुले विदेशबाट आˆनो प्राथमिक पूँजीको २५ प्रतिशतसम्म ल्याउन सक्ने व्यवस्था थियो ।

प्रथम त्रैमासमा ५० प्रतिशत बनाएको राष्ट्र बैंकले मौदि्रक नीतिको मध्यावधी समीक्षामार्फत शतप्रतिशत बनाएको हो । यसले बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको समस्यालाई केहि हदसम्म सम्वोधन गर्ने राष्ट्र बैंकको दावी छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?