Comments Add Comment

छाउपडीमा जलेकी धना र तुलसिंहको स्वरमा आयो ‘बधाई’

१६ माघ, काठमाडौं । काठमाडौं छाउपडीमा आगो लागेर डडेकी धना परियार र संचारकर्मी तुलसिंह रनपछाईको स्वरमा नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।

किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी उनले शिव दर्शन फिल्मस् प्रा लिकी प्रवन्ध निर्देशक गायत्री थापाको सहयोगमा लोकदोहोरी गीत बजारमा ल्याएकी छिन् ।

गीतमा धना परियार र तुलसिंह रनपछाईले आवाज दिएका छन् । समीक्षा बुढाथोकीले सिर्जना गरेको उक्त गीतमा ऋषी खड्काले संगीत भरेका छन् ।

त्यसैगरी म्युजिक भिडियोमा रोशन सिंह र साया भण्डारीको अभिनय रहेको छ। अजय रेग्मीको छायांकन, रोशन सिंहको निर्देशन तथा मिलन बिकको सम्पादनमा गीतको म्युजिक भिडियो निर्माण भएको छ ।

उक्त गीतबाट संकलन भएको सबै रकम धना परियारको उपचारको लागी सहयोग गर्ने गायत्री थापाले बताएकी छिन् ।

साथै देश तथा विदेशमा रहने सम्पुर्णलाई धना परियारको लागी आ आˆनो ठाउँबाट सक्दो सहयोग गर्न उनले अनुरोध समेत गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment