Comments Add Comment

यस्तो छ अक्षय कुमारको ‘सुर्यवंशी’ अवतार

बलिउड नायक अक्षय कुमार अभिनित पछिल्लो चलचित्र ‘२.०’ ले बक्स अफिसमा कमाल गर्यो । अहिले अक्षय कुमार नयाँ चलचित्र ‘सुर्यवंशी’मा व्यस्त छन् । निर्माण घोषणा देखि नै चर्चामा रहेको यो चलचित्रको हालै मात्र एक पोस्टर सार्वजनिक भएको छ ।

सार्वजनिक पोस्टरमा अक्षय कुमारलाई प्रहरीको भूमिकामा प्रस्तुत गरिएको छ । उनी हातमा पेस्तोल बोकेर कुदिरहेका छन् । ‘सिम्बा’ निर्देशक रोहित सेठ्ठीको निर्देशनमा बन्ने यो चलचित्र एक्सन जनरामा निर्माण हुनेछ । चलचित्रमा अक्षय कुमार प्रहरी अफिसरको भूमिकामा देखिनेछन् । चलचित्रमा उनी आतंकबादको विरुद्धमा लड्नेछन् ।

चलचित्रमा अक्षयको जोडी को हुने भन्ने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment