Comments Add Comment

गौशालामा आईडीपीको आईईएलटीएस परीक्षा केन्द्र

२२ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय शिक्षण सेवा तथा आईईएलटीएस परीक्षामा समेत स्वामित्व भएको आईडीपी एजुकेसनले नेपालमा आफ्नो प्रथम कम्प्युटर प्रणालीबाट संचालन गरिने आईईएलटीएस परीक्षा सुरु गरेको छ ।

आईडीपीले यस कम्प्युटर प्रणालीबाट सञ्चालन गरिने आईईएलटीएस परीक्षाको केन्द्र गौशाला स्थित पशुपति भिजन कम्प्लेक्समा खोलेको छ ।

आईडीपीका लागि दक्षिण एसिया, इन्डोनेशिया तथा मलेशियाका आईईएलटीएस अपरेसन डाइरेक्टर विशाल गुप्ता र नेपालका लागि कन्टि्र म्यानेजर अभिषेक श्रेष्ठले संयुक्तरुपमा केन्द्रको उद्घाटन गरे ।

कार्यक्रममा नेपालका हेड अफ आईईएलटीएस अपरेसन कविर खड्गीले संसारकै लोकप्रिय आईईएलटीएस अङ्ग्रेजी भाषाको परीक्षा अब उपरान्त परीक्षार्थीहरुले कम्प्युटर मार्फत दिन सक्ने जानकारी दिए ।

उनका अनुसार यो परीक्षा केन्द्रले परीक्षार्थीहरुका सम्पूर्ण सुविधालाई ध्यानमा राखेर उच्चतम परीक्षाको अनुभव दिनेछ ।
आईडीपीले कम्प्युटर प्रणालीमार्फत संचालन गरिने आईईएलटीएस परीक्षा अष्ट्रेलियामा केहि महिना अगाडि सुरुआत गरेको थियो ।

यस कम्प्युटर मार्फत दिईने आईईएलटीएस परीक्षाको वस्तु र संरचनामा केहि पनि परिवर्तन गरिएको छैन । साथमा मौखि अन्तर्वार्ता (स्पीकिङ टेस्ट) पहिले जस्तै आईईएलटीएसद्वारा प्रमाणित परीक्षकले व्यक्तिगत रुपमा लिने छ ।

यस कम्प्युटर प्रणालीबाट सञ्चालन गरिने आईईएलटीएस परीक्षामा विद्यार्थीले आफ्ना उत्तरहरु सम्पादन तथा हाइलाइट पनि गर्न सक्छन् ।

साथसाथै महत्वपूर्ण प्रश्नहरुको नोट पनि गर्न सक्छन् । यस परीक्षा टाईपिङ्ग मा दक्ष विद्यार्थीहरुको माझमा लोकप्रिय भएको छ । हालको लागि कपी र कलममा लिईदै आएको आईईएलटीएस परीक्षालाई पनि निरन्तरता दिईएको छ ।

परीक्षार्थीहरुले कम्प्युटर प्रणलीमा आधारित आईईएलटीएस परीक्षाको ज्ञान तथा अनुभव लिनलाई साथसाथै दर्ता गर्नलाई पनि आईडीपी आईईएलटीएस नेपालको वेबसाइट www.idpieltsnepal.com मा लग अन गर्न सक्नेछन् ।

आईडीपी कन्टि्र म्यानेजर अभिषेक श्रेष्ठले भने, ‘आईईएलटीएस परीक्षालाई अष्टे्रलिया, क्यानडा, न्यूजिल्याण्ड, आयरल्याण्ड, बेलायत तथा अमेरिका लगायतका संसारभरका दश हजार भन्दा बढी संस्थाहरुले मान्यता दिएका छन् । यो संसारको एक मात्र परिक्षा हो जुन दुई वटै ढाँचामा कपी र कलम र कम्प्युटर प्रणालीमा उपल्ब्ध छ ।

हामीले यस कम्प्युटर आईईएलटीएसद्वारा विद्यार्थीहरुलाई आफ्नो परीक्षा जसरी सजिलो हुन्छ त्यसरी नै दिनसक्ने विकल्प दिएका छाैं ।’

आईडीपीको कम्प्युटर प्रणालीवाट दिईने आईईएलटीएसको परीक्षा केन्द्रहरु विश्व स्तरीय भई परीक्षार्थीहरुको चाहना र सरलतालाई ध्यानमा राखी बनाईएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment