+
+

काठमाडौंले विकास गरिदिएन, अब हामी गर्छौं : मुख्यमन्त्री भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २२ गते १७:३२

२२ फागुन, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विगतमा केन्द्र सरकारले विकासमा ध्यान नदिए पनि अहिले आफै विकास गर्ने अवसर आएको बताएका छन् ।

उनले सुदूरपश्चिमको प्रतिनिधित्व गरेर नेतृत्व तहमा पुगेका व्यक्तिले प्रदेशको विकासमा ध्यान नदिए पनि अहिले प्रदेश सरकारमार्फत आफै विकास गर्ने अवसर आएको बताएका हुन् ।

‘सुदूरपश्चिममा धेरै ठाउँहरु अहिले पनि अविकसित छन्’ डोटीको बोगटानमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले भने ‘विगतको नेतृत्वले यस्ता क्षेत्रहरुको विकासमा ध्यान दिन नसकेका कारण हामी सधैं सुदूरपश्चिमे भएर हेपिइरह्यौं ।’

पश्चिम सेती आयोजना सधैं गायत्रीमन्त्रजस्तो जपिरहने गरे पनि काम नभएको भन्दै अब काम हुने पनि दावी गरे । ‘पटक पटक चर्चामा आउने पश्चिम सेती परियोजनालाई अव नेपाल सरकार आफैंले बनाउनु पर्छ भनेर प्रदेश सरकारले दवाव दिइरहेको छ’ उनले भने ।

चुनावको बेलामा प्रतिस्पर्धी दलहरुले आफूलाई चौकीदार भएको आरोप लगाएको सम्झदै मुख्यमन्त्री भट्टले भने ‘मैले चौकीदार भएर जुन पीडा खेपेको छु, त्यो पीडा अरु युवाहरुले खेप्न नपरोस भन्ने मेरो चाहना हो ।’ त्यसैका लागि आफूले प्रदेश सरकारमार्फत युवा स्वरोजगार योजना ल्याएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?