Comments Add Comment

टुँडिखेलमा एक हप्ते निःशुल्क योग शिविर हुँदै

२२ फागुन, काठमाडौं । टुँडिखेलमा एक हप्ते निःशुल्क योग शिविर हुने भएको छ । मनोक्रान्ती केन्द्रको आयोजनामा फागुन २६ गतेदेखि चैत २ गतेसम्म योग शिविर हुन लागेको हो ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी केन्द्रले एक साता टुँडिखेलमा हरेक दिन विहान साढे ६ बजे देखि साढे ८ बजे सम्म योग शिविर सञ्चालन गर्ने जानकारी दिएको छ ।

केन्द्र स्थापनाको ३२औँ वर्ष पुगेको सन्दर्भ पारेर निःशुल्क योग शिविर गर्न लागिएको संस्थाका अध्यक्ष डा. योगी विकासानन्दले जानकारी दिए ।

शिविरमा सहभागीलाई योगी विकासानन्दले नै योग गराउनेछन् । नसर्ने रोगहरुको जोखिम बढिरहेको अवस्थामा योगबाट यस्ता रोगहरुको जोखिम कम गर्न र तनावमुक्त जीवन जिउन प्रेरित गर्ने उद्देश्यले शिविर गर्न लागिएको उनले बताए ।

समाजको रुपान्तरण मात्र नभई स्वस्थ जीवनयापनका लागि पनि योग, ध्यानको भूमिका महत्वपूर्ण हुने केन्द्रका महासचिव डा. सुवास घिमिरे बताउँछन् ।

योग शिविर अवधिभर काठमाडौं बाहिरबाट आउने व्यक्तिहरुलाई आवसीय व्यवस्था गरिने केन्द्रले जनाएको छ ।  योग शिविरमा दैनिक झण्डै १० हजार जनाको सहभागिता हुने आयोजकको अपेक्षा छ ।

प्रचार प्रसारका लागि मुलुकभरका मनोक्रान्ती केन्द्रहरुलाई आमन्त्रण गरिएको केन्द्रका अध्यक्ष डा. योगी विकासानन्दले जानकारी दिए ।

शिविर सञ्चालनका लागि विभिन्न सामाजिक संस्था र स्थानीय तहहरुबाट आर्थिक सहयोग लिइएको केन्द्रले जनाएको छ ।
योग शिविर सञ्चालनमा १८ लाख भन्दा बढी खर्च हुने आयोजनकको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment