Comments Add Comment

मलेसिया गएका विजय तीन वर्षदेखि सम्पर्कविहीन

२३ फागुन, वीरगञ्ज । बाराको देवताल गाउँपालिका-४ पिप्राढीका विजय पासवान मलेसिया गएको चार वर्ष भयो । मलेसियामा आइस फ्याक्ट्रीमा काम गर्न गएका विजयले सुरुका वर्ष पैसा पनि पठाए । तर, पछिल्लो समय परिवारसँग सपर्कविहीन छन् । न घर फर्किएका छन् न फोन नै गर्छन् ।

श्रीमती सुनिता देवी माइती करैयामाई गाउँपालिकाको करैयामा बस्छिन् । उनीहरुको दुई छोरा र एक छोरी छन् । जेठी छोरी ५, ठूलो छोरा ३ र सानो छोरा कषा १ कक्षामा पढ्दैछन् । परिवारमा आर्थिक अभाव भएकै कारण छोराछोरीलाई कपी कलम किन्न समेत माइतीले सहयोग गर्नुपर्ने अवस्था छ ।

सुनिताका अनुसार १ लाख ५० हजार तिरेर विजय रोजगारीका लागि विदेश गएका थिए, त्यो ऋण समेत तिर्न सकिएको छैन । ‘पैसाको कुरा त वेग्लै हो, मान्छे नै सम्पर्कमा आएनन्’ उनले भनिन्, ‘माइतीमा भनेर ८ कठ्ठा जमिन धितो राखेर ऋण लिएको । त्यो पनि तिर्न सकेको छैन ।’
उनका अनुसार विजयले पहिलो वर्ष २ पटक गरी ५० हजार पठाएको थिए । तर, त्यसपछि खोजखबर छैन ।

उनले आफ्नो श्रीमानको खोजी गरिदिन वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएका सरकारी, गैरसरकारी संघ सस्था र मलेशियामा रोजगारी गरिरहेका नेपालीहरुलाई आग्रह गरेकी छन् ।

विजयलाई विदेश पठाउन सहयोगी भूमिका निभाएका बाराको देवताल गाउँपालिका वडा नं ४ पश्चिमटोलका एजेन्ट सफि मियाँले आफूसँग विजयको कुनै कागजात नभएको प्रतिक्रिया दिए । ‘पहिला त ठीकै थियो, यसपाली ईदमा घर आउँदा मात्रै सुनिताले श्रीमान नभएको जानकारी दिइन्’ उनले भने, ‘विजय कम्पनी छोडेर भागेको रहेछ । साथीहरुसँग पनि सम्पर्कमा रहेनछन् ।’

आफूले विजयलाई विदेश जाने क्रममा सम्पदा ओभरसीज पुरानो वानेश्वरको एजेन्टसँग भेट मात्रै गराइदिएको बउनले बताए ।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले भने पासवान हराएको कुनै जानकारी नआएको बताए । यसबारे लिखित निवदेन आए विभागीय मन्त्रालयमार्फत खोजबिन सुरु गर्ने उनले बताए । ‘हामीले सिधै कूटनीतिक नियोगमा पत्राचार मिल्दैन । विभागीय मन्त्रालयमार्फत कुरा आगडि बढाउने हो । कसरी गएको ? कुन म्यान पावरमार्फत गएको हो ? श्रममा गएको हो वा भिजिट भिषामा गएर काम गरेर बसेको हो ?’ उनले भने, ‘संस्थागत श्रमका लागि म्यान पावर मार्फत गएको छ भने श्रम स्वीकृति लिएको रेकर्डमा देखिन्छ ।’

गृह मन्त्रालयमार्फत परराष्ट्र र श्रम मन्त्रालयलाई अनुरोध गरेर खोजविन गर्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment