+
+

लक्ष्मी ग्रुपको अगुवाईमा विन्ध्यवासिनी मन्दिरमा लिफ्ट

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २३ गते १९:३२

२३ फागुन, काठमाडौं । पोखरास्थित विन्ध्यवासिनी मन्दिर परिसरमा वृद्ध तथा अशक्त भक्तजनहरुलाई टेवा पुर्‍याउने उद्धेश्यले लक्ष्मी ग्रुप, नेपाल तथा हुन्डाई मोटर कम्पनी, दक्षिण कोरियाको सहकार्यमा लिफ्टको निमार्ण गरिएको छ ।

उक्त लिफ्टको राष्ट्रपति विद्यादेवि भण्डारीबाट उद्घाटन गरिएको छ । उक्त लिˆट समुद्घाटन समारोहमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट उक्त समितिका अध्यक्ष तथा लक्ष्मीगु्रप नेपालका अध्यक्ष गणेश बहादुर श्रेष्ठले स्वागत मन्तब्य व्यक्त गरे ।

उक्त स्वागत मन्तब्यमा उनले विन्ध्यवासिनी मन्दिरको बारेमा थप प्रष्ट पार्दै समितिका तर्फबाट भएका कार्यहरुको विवरण अवगत गराए  ।

समितिले आˆनो स्थापना भएपश्चात शिव मन्दिर, राधा कृष्ण मन्दिर, शन्त निवास, गुरु कुलभवन, अष्ट चिरन्जिवी तथा नवग्रह मन्दिर, यज्ञ मण्डपहरु, अखण्ड हवन मण्डप, विन्ध्यवासिनी बहुउद्देशीय भवन, मन्दिर परिसरमा ढुङ्गा छाप्ने कार्य, जलधारा, पौवाादिको निर्माण भएको जानकारी उने गराए ।

उक्त मन्दिर परिसरको सरसफाई र हरियालीका लागि उपलब्द्ध भएको पानी अपर्याप्त भएकोले गण्डकी प्रदेश सरकारको सहयोगमा बोरिङ गरि पानी उत्पादन गर्ने कार्य निकट भविष्यमा सम्पन्न हुँदैछ भन्ने जानकारी पनि गराए ।

समितिको मान्यता बमोजिम भक्तजनहरुबाट मन्दिरमा चढाईएको भेटिबाट मन्दिर व्यवस्थापनमा खर्च गरि बाँकी रकम विभिन्न सामाजिक हितमा प्रयोग गर्ने गरिएको साथै यस समितिले जेष्ठ नागरिकहरुलाई दिवा सेवा उद्धेश्यले विन्ध्यवासिनी जेष्ठ नागरिक मिलन केन्द्र र विन्ध्यवासिनी एम्बुलेन्स सेवा संचालनमा रहेको तथा आगामी दिनहरुमा पनि समितिले अझै धेरै थप सामाजिक कार्यहरु गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?