Comments Add Comment

दुलहा आए, दाइजोमा एक रुपैयाँ लिए र दुलहीलाई हेलिकोप्टरमा लिएर गए

‘दाईजो प्रथा’ मुलत तराई क्षेत्रमा व्याप्त यस्तो विसंगति हो, जसले समग्र समाजलाई वद्नाम र कमजोर बनाउँदै गएको छ । छोरीपक्षले दाईजो दिनैपर्ने बाध्यत्मक स्थिती अझै कायम छ । यसले गर्दा ‘छोरीको जन्म’लाई उनीहरु अभिषाप ठान्ने गर्छन् ।

छोरीको विवाहका लागि भएभरको दाईजो दिने चलनले उनीहरुलाई सधै ऋणात्मक अवस्थामा पुर्‍याउने गरेका छन् । यो प्रथा पछौटे समुदायमा मात्र होइन, संभ्रान्त भनिएका र शिक्षित भनिएकाहरुमा पनि छ ।

दाईजो वास्तवमा छोरीलाई विदाई गर्ने क्रममा स्वेच्छाले र स्वतस्फूर्त दिने कुरा हो । छोरीप्रतिको प्रेम र सद्भाव पोख्नका लागि केही भौतिक सहयोग गर्ने चलनकै एउटा रुप हो यो । तर, दाईजो दिनैपर्छ भन्ने छैन । यो बाध्यत्मक कुरा होइन । यद्यपी कतिपय समाजमा दाईजो बाध्यत्मक हुनेगर्छ । छोरीको बिहे गराउँदा दुलहा पक्षलाई चित्त बुझ्नेगरी दाइजो दिनुपर्छ । यसरी दाईजो दिनका लागि छोरीपक्षले घरबार बेच्ने र ऋण काड्नेसम्म गर्छन् । छोरीको विवाह गर्दाको ऋणले उनीहरु जीवनभर थिचिने गर्छन् ।

हाम्रो समाजमा पनि यस किसिमको प्रचलन ज्यूँको त्यूँ छ । यसको स्वरुप र भाषा फेरिएपनि दाईजो लिने-दिने क्रम रोकिएको छैन ।

यस्तै पृष्टभूमीमा एउटा घतलाग्दो प्रसंग छ । एक दुलहा, जसले एक दाइजोको नाममा एक रुपैयाँ लिए । र, दुलहीलाई हेलिकोप्टरमा राखेर लगे ।

प्रसंग, भारत हरियाणाको हो । त्यहाँ एक शहर छ गोहाना । गोहानामा एक गाउँ छ हसनगढ । त्यही हसनगढमा भएको विवाहको कथा हो यो ।

त्यहाँ हालैमात्र एक विवाह समारोह सम्पन्न भयो । यो विवाहले अहिले सर्वत्र चर्चा पाएको छ । चर्चाको कारण हो, दुलहाका पक्षले दुलही पक्षबाट केही दाईजो स्विकार गरेनन् । उनीहरुले केवल एक रुपैयाँ लिए । त्यो पनि सगुनको रुपमा । जबकी दुलहीलाई उनीहरुले घोडा वा कारमा सवारी गराएनन्, हेलिकोप्टरमा गराए ।

दुलहीको नाम सन्तोष हो । सन्तोषकी पिता सतबीर एक मजदुर हुन् । १० फेब्रुअरी २०१९ को दिन सन्तोषको विाह हांसीका रामपुर गाउँको सन्जयसँग भयो । सन्जयको परिवारले विवाहको अघिल्लो दिन नै भनेको थियो कि, विवाहमा हामीलाई केही चाहिँदैन । केवल सगुनको रुपमा एक रुपैयाँ भए पुग्छ । सन्तोष र सन्जयको विवाह भयो । एकदमै राम्रो ढंगले भयो । दुलहीलाई विदाई गरियो, हेलिकोप्टरमा । गाउँभरका मान्छेहरु चकित भए ।

ठिक यसै किसिमको अर्को विवाह प्रसंग पनि अहिले सेलाएको छैन । गोहान गाउँमा बस्ने एक व्यक्तिले आफ्ना दुई छोरीको विवाह गराइदिए । छोरीको नाम थियो, काजल र निशा । २६ फेब्रुअरीमा उनीहरुको विवाह भयो । एकै गाउँका दुई युवा प्रवीण र राजकुमार दुलहाको रुपमा आए । उनीहरुको धुमधाम विवाह भयो । दाईजोको रुपमा एक रुपैयाँ लिए । दुबैले आ-आफ्ना दुलहीलाई हेलिकोप्टरमा लिएर गए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment