Comments Add Comment

राष्ट्रपति भण्डारी अमेरिका प्रस्थान

२६ फागुन, काठमाडौं । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी संयुक्त राष्ट्र संघको महिलाहरुको अवस्थासम्बन्धी आयोग को ६३औं अधिवेशनमा भाग लिन आइतबार अमेरिका प्रस्थान गरेकी छन् ।

उनी आइतबार साँझ संयुक्त राष्ट्र संघको प्रधान कार्यालय, न्यूयोर्कतर्फ प्रस्थान गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई  उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरे ।

अमेरिकामा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्र संघको महिलाहरुको अवस्थासम्बन्धी आयोगको ६३ औं अधिवेशनमा हुने ओमन इन पावर विषयक उच्च स्तरीय कार्यक्रममा सहभागी हुन् कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment