Comments Add Comment

थप १० देश युरोपियन युनियनको कालोसूचीमा, इटालीलगायतको विरोध

२९ फागुन, काठमाडौं । युरोपियन युनियनले थप १० देशलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । इटलीलगायतका देशहरुको विरोधका बाबजुद युनियनले करको कारण कालोसूचीमा रहेका देशको संख्यामा वृद्धि गरेको हो ।

सन् २०१७ बाट युरोपियन युनियनले कालो सूचीमा राख्ने प्रक्रिया शुरु गरेको थियो । पनामा पेपरस र लक्सलिक्स जस्ता भष्ट्राचारी काण्डलाई सन् २०१७ मा समेटिएको थियो ।

कालोसूचीमा परेकामा संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका देश रहेको बताइएको छ ।

योसँगै युरोपियन युनियनको कालोसूचीमा रहने देशको संख्या १५ पुगेको छ ।

युरोपियन युरोपियनले अन्य सात राष्ट्रलाई भने खैरो सूचीमा राखेको जनाएको छ । अरुबा, बेलिज, बरमुडा फिजी, ओमन, भानुआतु र डोमिनिका खैरो सूचीमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment