Comments Add Comment

मिथिला परिक्रमाका क्रममा सिलिन्डर विस्फोट, २ गम्भीर

Photo Credit : साङ्केतिक तस्वीर

३० फागुन, जनकपुरधाम । १५ दिने मिथिला मध्यमा परिक्रमाका क्रममा सिलिन्डर विस्फोट हुँदा २ जना घाइते भएका छन् ।

महोत्तरीको कञ्चनवनमा बेलुनमा हावा भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा ४० वर्षीय रामकरण कापर र अमरुद्दिन लहेडी घाइते भएका हुन् । घाइते कापर औरही नगरपालिका–२, महोत्तरी र लहेडी गौशाला नगरपालिका–१० का स्थायीबासिन्दा हुन् ।

घाइते दुवैको खुट्टामा गम्भीर चोट लागेको छ । प्रहरीका अनुसार, उनीहरुको अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment