Comments Add Comment

मधेसमा पूर्वराजाको स्वागत, तीन दिनमा के के छ कार्यक्रम ?

३० फागुन, जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र साह बुधबार राति पौने ८ बजे जनकपुर आउँदा उनको भव्य स्वागत गरिएको छ । उनका समर्थकहरु घण्टौसम्म फूलको माला लिएर लाइन लागेका थिए ।

‘राजा ल्याऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ जस्ता नारा घन्काउँदै पूर्वराजालाई स्वागत गरिएको थियो । झापाबाट प्रदेश २ राजधानी जनकपुर आएका उनी होटेल सिताशरणमा बसेका छन् । यहाँबाटै बिभिन्न जिल्लाको भ्रमण गर्ने पूर्वराजा जनकपुरमा तीन रात बास बस्नेछन् ।

पूर्वराजा ज्ञानेन्द्र जनकपुर आउँदा स्वागतमा उनका समर्थक, शिव सेनाका प्रतिनिधि, साधु–सन्त, हिन्दू धर्मका अनुयायीसहित भेला भएका थिए ।

पूर्वराजालाई स्वागत गर्ने लाइनमा मुश्लिम समुदायका व्यक्ति पनि देखिए । हुन त राजालाई मान्ने हिन्दू मात्र थिएनन्, मुश्लिम समुदायका व्यक्तिहरु पनि थिए । हातमा माला लिएर राजाको प्रतिक्षा गरिरहेका औरही गाउँपालिका ६ का मो. रजकले भने, ‘के विगतमा हिन्दू राष्ट्र थिएन् ? त्यस बेला हिन्दू र मुश्लिम पनि सँगै बसेका थिए । के भएको थियो र ?’

तीन जिल्ला पुग्ने उद्देश्य

पूर्वराजा बिहीबार सर्लाही र शुक्रबार उदयपुर जाने कार्यक्रम छ । उनले शुक्रबार नै दिउँसो ४ बजे जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ । शनिबार उनी सप्तरीको छिन्नमस्ता शक्तिपीठमा गएर पूजापाठ गर्नेछन् ।

पूर्वराजाको यो यात्रा धार्मिक यात्रा भएको उनी निकटका व्यक्तिहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment