Comments Add Comment

‘स्पिकिङ च्यालेन्ज’को उपाधि जित्दै रितेशराजले हात पारे एक लाख

३० फागुन, काठमाडौं । मोटिफ एजुकेसन अब्रोडले आयोजना गरेको ‘स्पिकिङ च्यालेन्ज’ को उपाधि रितेशराज गुरुङले हात पारेका छन् । उपाधिसँगै उनले एक लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

मोटिफले आफ्नो १२औं वाषिर्कोत्सवको सन्दर्भ पारेर प्रतियोगितात्मक ‘स्पिकिङ च्यालेन्ज’ आयोजना गरेको थियो । जसको ‘ग्राण्ड फिनाले’ गत मंगलबार रसियन कल्चर, कमलपोखरीमा भएको थियो ।

प्रतियोगिताको फस्र्ट रनरअप प्रिया चापागाईं भइन् । उनले ५० हजार नगद पुरस्कार पाइन् ।

सेकेण्ड रनरअप र पपुलर चोइस अवार्ड गरी दुई वटा विधाको उपाधि जितेकी आश्मा कुमारी केसीले ४५ हजार नगद पुरस्कार हात पारिन् ।

मोटिफले १८ वर्षदेखि २४ वर्ष उमेर समूहका स्नातक तहका विद्यार्थीलाई लक्षित गरी प्रतियोगिता आयोजना गरेको थियो ।
प्रयोगिताको प्रमुख निर्णायकको भूमिका पूर्व मिस नेपाल माल्भिका सुब्बाले गरेकी थिइन् ।

 

कम्पनीका संस्थापक एवं सीईओ उमेश पाण्डेले विद्यार्थीहरुमा आत्मविश्वास जगाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको बताए ।

काठमाडौंको नयाँ बानेश्वरमा रहेको मोटिफले अष्ट्रेलियाका साथै अमेरिका, बेलायत, आयरल्याण्ड, न्यूजिल्याण्ड र क्यानडा जाने विद्यार्थीलाई परामर्श, टेष्ट प्रिपरेशन, भिसा प्रक्रियालगायत सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment