Comments Add Comment

हेटौंडामा बर्ड फ्लू भेटियो

Photo Credit : फाइल तस्वीर

३० फागुन, हेटौंडा । मकवानपुरको हेटौंडामा बर्ड फ्लु भेटिएको छ । हेटौंडा उपमहानगरपालिका ७ नागस्वती स्थित कुलप्रसाद चौलागाईको कमर्सियल लेयर्स फर्मको कुखुराको नमुना परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको हो ।

केही महिना अघिबाट कुखुरा मर्न थालेको गुनासो पछि गत १३ गते आएको स्थानीय प्रशासन र भेटरीनरी अस्पताल तथा पशु विशेषज्ञ केन्द्रको टोलीले गरेको नमुना संकलन परीक्षणका क्रममा बर्डफ्लु प्रमाणित भएको हो ।

बर्डफ्लु प्रमाणित भएपछि स्थानीय प्रशासनले संक्रमित क्षेत्रमा शीलमा गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले बर्ड फ्लुको नतिजा प्राप्त भएको भन्दै उक्त कुखुरा फर्मको चारकिल्ला किटान गरी रोग नियन्त्रण गर्न कुखुरा, अण्डा र सुलीसमेत निकासी हुन नपाउने गरी निर्णय गरेको छ ।

नागश्वती क्षेत्रमा रहेका कुखुराको लगत संकलन गर्न गएको टोली र स्थानीय किसानबीच विवादपछि टोली बिहीबार साँझ त्यसै फर्किएको बताइएको छ ।

फ्लु संक्रमित क्षेत्रमा करिब ५० जना किसानले पालेको १ लाख लेर्यस कुखुरा टष्ट हुने पशु कार्यालयले जनाएको छ । किसानको खोरमा फागुन १३ मा पुगेको टोलीले ५ किसानको खोरबाट १० वटा कुखुराको र्‍याल संकलन गरी परीक्षणका लागि केन्द्र र चितवन पठाइएको थियो ।

संक्रमणका कारण किसान दीपेन्द्र गौतमले सञ्चालन गरेको डीएस पोल्ट्री फर्म, नवराज सिलवाल र कुवेरप्रसाद चौलागाई, अनिष पोल्ट्री फर्म र दुर्गा महतको खोरबाट नमुना संकलन गरेको हो ।

गौतमले सञ्चालन गरेको खोरमा २ हजार ८ सय चल्ला हालिएकोमा ७ सय, सिलवालले ४ हजार पालेकोमा २५ सय, चौलागाईले २४ सय र अनिष पोल्ट्रीको ६ हजार र महतको खोरबाट अण्डा दिने अवस्थाका कुखुरा मरेको थियो । संक्रमणको कारण रामबहादुर गौतमले पालेको ३ हजार कुखुरा सबै मरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment