Comments Add Comment

कतार एयरवेजको सतप्रतिशत महिला समूह सम्मिलित उडान

काठमाडौं । कतार एयरवेजले आइतबार १० मार्च ब्रसेल्स्देखि दोहासम्मको उडान पूर्णरुपले १५ महिला समूहको चालक दलले सञ्चालित उडान पूरा गरेको छ । बेल्जियमको राजधानीदेखि कतारको हवाई केन्द्रसम्मको उक्त एयरबस ए३५० सत प्रतिशत महिला समूह सम्मिलित चालक दल भएको पहिलो उडान हो ।

एयरलाइनले हालै अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आइएटा) सँग ‘आइएटा डाइभर्सिटी एण्ड इन्क्लुजन अवार्ड्स’ को सुरुवातको लागि १० वर्षे साझेदारी घोषणा गरेको छ, जसले उड्डयन उद्योगमा बृहत् रुपमा लैङ्गकि विविधतालाई प्रोत्साहन गर्दछ । महिला वर्गलाई यस उद्योगको प्रत्येक स्तरमा अगाडि बढाउन प्रोत्साहन प्रदान गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै कतार एयरवेजले अर्को दशकका लागि उक्त अवार्डलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

उक्त सम्मानका पहिलो विजयीहरुको नाम आगामी जुन महिनामा हुने आइएटाको वाषिर्क साधारण सभामा घोषणा गरिने छ ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत सम्माननीय  अकबर अल बकरले भने, “कतार एयरवेज यस एयरलाइन र पूरै उद्योगभित्र लैङ्गकि विविधतालाई प्रोत्साहन गर्न प्रतिबद्ध छ । ब्रसेल्स्देखि दोहासम्मको हाम्रो दुईवटा उडान कतार एयरवेजमा समान रुपमा महिलाहरुलाई प्रतिनिधित्व गराउने हाम्रो वृहत् लक्ष्यको एक उदाहरण हो । ”

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment