Comments Add Comment

कांग्रेस नेता श्रेष्ठलाई पितृशोक

२ चैत, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठलाई पितृशोक परेको छ । नेता श्रेष्ठका पिता पुण्यप्रसाद श्रेष्ठको शनिबार अपराह्न ३ बजे ओम अस्पतालमा निधन भएको हो ।

विसं २००७ देखि नै नेपाली काङ्ग्रेसमा सक्रिय रहेका स्व श्रेष्ठ २०१५ सालमा भएको आमनिर्वाचनमा कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई गोरखाबाट विजयी गराउन सक्रिय भएर लागेका थिए । स्व श्रेष्ठ नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रुपले सहभागी भएका थिए ।

श्रेष्ठको निधनमा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । श्रेष्ठको शनिबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment