Comments Add Comment

करणले जुम्ल्यहा सन्तानलाई कसरी आमा र बुवाको माया दिइरहेका छन् ?

करण जोहर पिता हुन्, दुई सन्तानको । आमा पनि उनी नै हुन् । अर्थात करण जोहरले हुर्कारहेका दुई सन्तानलाई बुवाको जिम्मेवारी र आमाको ममत दिइरहेका छन्, करणले ।

सेरोगेसीबाट अर्थात भाडाको कोखबाट करणले दुई वटा सन्तान जन्माएका हुन् । उनले आफ्ना जुम्ल्यहा सन्तानलाई न आमाको अभाव महसुष हुन दिएका छन्, न बुवाको उपस्थिती नै ।

करण जोहर, जसको बलिउडमा अनेक परिचय छन् । यद्यपी उनको गर्बिलो चिनारी भने, निर्देशकको रुपमा छ । ‘कुछ कुछ होता है’ जस्ता फिल्म निर्देशन गरिरहँदा उनी २५ बर्षका लक्का जवान थिए । यत्तिका उमेरमै ब्लकबस्टर फिल्म दिएका उनले त्यसपछि ‘कभी खुसी कभी गम’, ‘माइ नेम इज खान’ जस्ता सुपरहिट निर्देशन गरे ।

निर्माता यश जोहरका छोरा करण निर्देशक मात्र होइन, पटकथा लेखक, कस्ट्युम डिजाइनर, टेलिभिजन पर्सनालिटी र निर्माता समेत हुन् । धर्मा प्रोडक्सनमार्फत उनी फिल्म निर्माण गरिरहेका छन् ।

उनै करण अहिले उमेरले ४२ बर्ष नाघिसकेका छन् । कुनैबेला उनको र एकता कपूरको अफेयर रहेको चर्चा हुन्थ्यो । तर, करणले न एकतासँग विवाह गरे, न अरु कुनै युवतीसँग । उनले विवाह नगर्दै छोराछोरी जन्माए, जूही र यश ।

गुपचुप रुपमा दुई सन्तानका बुवा बनेका करणलाई त्यसपछि भने बधाईको ओइरो लागेको थियो । नवजात शिशुलाई घरमा लगेपछि गौरी खान अर्थात शाहरुखकी पत्नीले इन्टेयिर डिजाइन गरिदिएकी थिइन् ।

अहिले करण करियरसँगै आफ्ना बच्चासँग समय साटिरहेका छन् । दुई बच्चालाई हुर्काइरहँदा उनले के कस्ता अनुभवहरु गरे होलान् ? यो कुरा त्यती बाहिर आएको छैन । यसै क्रममा सलमान भाई अरबाज खानको च्याट शोमा करणले आफ्ना बच्चाहरुको कुरा गरेका छन् ।

शोमा अरबाज खानले केही कमेन्ट पढे,जो करण जोहरसँग जोडिएको थियो, त्यसमा केही प्रश्न थिए । करणले ति सबैको जवाफ दिए । यस्तै एक जनाले करणलाई सोधेका थिए, ‘तपाईंले आफ्ना बच्चा यश र रुहीलाई कसरी आमाको ममता दिनुहुन्छ ?’

यदि करणले आफुलाई आमा मान्छिन् भने उनले आफ्ना बच्चाहरुलाई कसरी पिताको स्पर्श दिन्छन् ?

बच्चाको सन्दर्भमा गरिएको प्रश्नमा करणले केही चित्त दुखाएका छन् र सेरोगेसी प्रक्रियाका बारेमा केही बताउन खोजेका छन् । अतः बच्चालाई आमा र बुवा दुबैको प्रेम कसरी दिन्छु भन्ने प्रसंगमा चाहि उनले यसलाई जीवनको नयाँ चरण भनेका छन् । उनले आफ्नो बच्चालाई आमा र बुवा दुबैको प्रेम अभाव हुन नदिएको बताएका छन् । परम्परागत हिसाबले बच्चाहरु आमा र बुवा दुबैको सामिप्यमा हुर्कन्छन् । ‘तर म सिंगल प्यारेन्ट हुँ, त्यही कारण मसँग चुनौती धेरै छन् । यसको अर्थ यो चाहि होइन कि एक महिला र पुरुषको अलग-अलग भूमिका खेल्नुपर्छ । मलाई लाग्छ, यो निकै पुरानो सोंच हो । म आफ्नो बच्चालाई पुरा प्रेम दिन्छु ।’

त्यसो त बलिउडमा करण मात्र होइन, एकता कपुर, तुसार कपुर लगायतले पनि सिंगल प्यारेन्टको भूमिका निर्वाह गरिरहेका छन् । तुसार कपुरले एक कार्यक्रममा आफ्नो बच्चाका लागि अत्यान्त धेरै समय खर्च गरिरहेको बताएका थिए ।

कतिपय सेलिब्रेटी अविवाहित छन् । र, उनीहरुले विवाह गर्न आवश्यक ठानेका छैनन् । तर, आफ्नो कोखका सन्तान हुर्काउने रहर पालेका छन् । यसका लागि भारतको कानुन उदार छ । त्यहाँ सेरोगेसीबाट आमाबुवा बन्न छुट छ ।

त्यसैगरी कतिपय सेलिब्रेटीले सम्बन्ध बिच्छेद गरिसकेका छन्, छोराछोरी भइसकेपछि पनि । त्यही कारण उनीहरुले सिंगल प्यारेन्ट बनेर छोराछोरी हुर्काइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment