
९ चैत, काठमाडौं । विहारमा महागठबन्धनले सिट बाँडफाँट गरेको छ । तर, कन्हैयाकुमार यसमा परेनन् ।
राष्ट्रिय जनता दलले २, कांग्रेसले ९, उपेन्द्र कुशवाहको राष्ट्रिय लोक समता पार्टी ५, मुकेश सहानीको विकासशील इन्सान पार्टीले ३ र जीतनराम माझीको हिन्दुस्तान अवान मोर्चाले ३ सिटमा चुनाव लड्ने भएको छ । राष्ट्रिय जनता दलले आफनो भागमा परेको सिटमा एक सीपीआई (माले)लाई दिने बताएको छ ।
अनुमान थियो कि कन्हैयाकुमार र उनको पार्टी सीपीआई (कम्युनिस्ट पार्टी अफ इण्डिया) लाई महागठबन्धनमा समावेश गराइनेछ । जेएनयू छात्रसंघका पूर्व अध्यक्ष कन्हैयाकुमार र तेजस्वीबीच पछिल्लो दिनमा निकटता बढेकाले पनि यो अनुमान गरिएको थियो ।
तर, त्यसो भएन ।
यसको कारण बताइएको छैन । तर, विहानमा महागठबन्धनको नेतृत्व गरिरहेका तेजस्वीले जोखिमको राजनीति गर्न नचाहेको अनुमान गरिएको छ । किनकी सत्तापक्षले कन्हैयाकुमारको छवि ‘देशद्रोही’को बनाएको छ र मुद्दा पनि लगाएको छ ।
प्रतिक्रिया 4