Comments Add Comment

आफैैंलाई आगो लगाउँदा वृद्धको मृत्यु

१० चैत, महोत्तरी । महोत्तरीको रामगोपालपूरमा आफ्नै शरीरमा आगो लगाउँदा एक जनाको मृत्यु भएको छ ।

महोत्तरी रामगोपालपुर नगरपालिका ५ बस्ने ६० वर्षीय सूर्यदेव मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मुखियाले शनिबार दिउँसो घरमा कोही नभएको मौका आफ्नो शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । उनको राति उपचारको क्रममा मृत्यु भएको हो । शनिबार दिउँसो घरमा कोही नभएको बेला शरीरभरी कपडा बेरी मट्टितेल छर्केर आफैंले आगो लगाएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

मुखियाको अवस्था गम्भीर भएपछि परिवारजनले उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगेको र उपचारको क्रममा मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भैहरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment