Comments Add Comment

गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा भलामी

१० चैत, गुल्मी । गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रीप्रसाद भलामी निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस निकट व्यवसायी लोकतान्त्रिक प्यानल र नेकपा निकट व्यावसायीले साझा प्यान बनाएर चुनावी मैदानमा उत्रिएका थिए । चुनावमा लोकतान्त्रिक प्यानलले जित हासिल गरेको हो । लोकतान्त्रिक प्यानलबाट उपाध्यक्षहरुमा इश्वरी पौडेल, रामप्रसाद पन्थी, मृगेन्द्र श्रेष्ठ बिजयी भएका छन् ।

महासचिवमा ताराप्रसाद भुसाल, सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा इश्वरी बेलवासे र सहकोषाध्यक्षमा मनिराम अर्याल सहित अरु १० जना सदस्य बिजयी भएको निर्वाचन अधिकृत गणेश बहादुर खत्रीले जानकारी दिए ।

भलामीले साझा प्यानलका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयलाई १ सय ३७ मत अन्तरले पराजित भएका हुन् । अध्यक्षमा निर्वाचित भलामीले ३ सय ४ र पाण्डेले १ सय ६७ मत प्राप्त गरेका थिए ।

नयाँ नेतृत्वको लागि शनिबार निर्वाचन भएको हो । कुल पाँच सय ६८ मतदाता रहेकोमा पाँच सय १८ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment