Comments Add Comment

साउनदेखि १२० फिल्मले लिए निर्माणको इजाजत, तर छायांकन कम

लगातार बक्स अफिसमा चलचित्र असफल हुँदा निर्माता डराएको भन्ने चर्चा यतिबेला चलचित्र बजारमा खुबै चलेको छ । चलचित्र असफल हुँदा छायांकनमा समेत प्रभाव परेको देखिएको छ । चलचित्र ‘छक्का पन्जा ३’ पछि चलेका अधिकांश चलचित्रले बक्स अफिसमा सफलताको झन्डा गाड्न नसकेको अवस्थामा निर्माताले चलचित्रमा लगानी गर्न डराएको अवस्था हो ?

साउनदेखि ११८ वटा फिल्म निर्माणको इजाजत
चलचित्र निर्माणबाट निर्माता हच्किएको भन्ने चर्चा चलिरहँदा चलचित्र विकास बोर्डबाट निर्माणको इजाजत लिने चलचित्रको भने कमी छैन । चलचित्र विकास बोर्डले दिएको जानकारी अनुसार साउनदेखि चैत्रको १३ गतेसम्म आइपुग्दा १२० वटा चलचित्रले निर्माणको इजाजत लिएका छन् ।

चलचित्र विकास बोर्डको निर्माण तथा चलचित्र कल्याणकोष अधिकृत हरिसिंह रैखोलाले दिएको जानकारी अनुसार, साउनदेखि १२० वटा चलचित्रले निर्माणको अनुमती लिएका छन् । विकास बोर्डले पनि चलचित्रको सेन्सरका लागि दिने अनुमतीको दर घटेको छैन । रैखोला भन्छन्–‘चलचित्रको इजाजत लिने क्रम त उस्तै छ । दैनिक २ देखि ३ वटा चलचित्रले इजाजत लिएका छन् । अब, ती चलचित्र छायांकनमा जान्छन् या जाँदैनन् भन्ने जानकारी हामीलाई हुँदैन ।’
एउटा चलचित्रले निर्माणको इजाजत लिएको ३ बर्ष भित्रमा प्रदर्शन गरिसक्नुपर्नेछ ।

उपकरण थन्किए
चलचित्र विकास बोर्डबाट चलचित्रको निर्माण इजाजत लिएका चलचित्रहरुको संख्या १२० भन्दा माथि भएपनि छायांकनमा भने निकै कम छन् । अश्लेषा इन्टरटेन्मेन्टका प्रमुख विश्व गौचनका अनुसार, दशैंयता उपकरणहरु बजारमा निकै कम गएका छन् । उनले अनलाइनखबरसँग भने–‘पहिले पहिले हाम्रो उपकरण पर्खिएर पाइपलाइनमा बस्ने चलचित्र आधा दर्जन भन्दा बढी हुन्थेँ । बजारमा पनि एकैपटक ४ वटासम्म चलचित्रका लागि उपकरण गएका थिए । तर, अहिले पाइपलाइनमा नै चलचित्र छैनन् । उनले, चलचित्र चल्न छाडेपछि निर्माताहरु निर्माणमा डराएको बताए ।

कलाकारले महंगो रकम मागेर बिगारेँः बसन्त
हालैमात्र सिने इक्यूपमेन्ट हाउस संचालनमा ल्याएका निर्देशक बसन्त निरौलाले निराश हुनुपर्नेे अवस्था आएको बताए । उनले भने–‘अहिले चलचित्र नै चलेको छैन । चलचित्र नचल्नुको मुख्यकारण कलाकारले महंगो रकम माग्नु हो । बजारबाट रकम फिर्ता हुने अवस्था नहुनु, तर, कलाकारले महंगो रकम माग्दा चलचित्र बन्ने अवस्था छैन ।’

उनले, आफूहरुले ठूलो लगानीमा संचालनमा ल्याएको इक्यूपमेन्ट हाउस अब के हुने हो भन्ने अवस्थामा रहेको सुनाए । भने–‘चलचित्रको निर्माणको चाप हेरेर हामीले हाउस संचालनमा ल्याएका थियौ । तर, अहिले अवस्था भयानक छ । यही अवस्था हो भने व्यवसायक संचालन गर्न गाह्रो छ ।’

उनका अनुसार अहिले कलाकारको पारिश्रमिकमा मात्रै निर्माताको ५० देखि ७० लाखसम्म सकिने अवस्था छ । यसले गर्दा नै चलचित्र क्षेत्र खस्किन थालेको हो । पक्कै पनि, चलचित्र ‘छक्का पन्जा ३’ पछि हलमा दर्शक नआएपछि अहिले चलचित्र निर्माणमा निर्माताहरु हच्किएका छन् । अहिले चलचित्र ‘मारुनी, सम्हालिन्छ कहिले मन’ लगायतका केही चलचित्रको छायांकन भैरहेको छ । अहिले चलचित्रको छायांकन मारामार हुनुपर्ने अवस्थामा पनि निर्माता नजिताको प्रतिक्षामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment