
नायक सलिनमान बनियाँलाई कतिपयले ‘राइजिङ स्टार’ भन्छन् त कतिपयले ‘स्टाइलिस्ट स्टार’ पनि भन्छन् । तर, सलिनमान यी दुबै कुरा मान्न तयार छैनन् । चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘यात्रा’को प्रमोशनमा दौडिरहेका सलिनसँग अनलाइनखबरले ‘ओके र्यापिड फायर’मा रहेर कुराकानी गरेको छ ।
सलिनसँग गरिएको ‘ओके र्यापिड फायर’को भिडियो यहाँ हेर्नुहोस्ः
१. अहिलेसम्म गरेको लामो यात्रा ?
चलचित्र छायांकनका क्रममा तिलिचो तालसम्म ।
२. यात्राका क्रममा मननपर्ने कुरा ?
मोसन सिकनेस हुन्छ ।
३. कुन सवारीमा यात्रा गर्न मन लाग्छ ?
प्लेनमा । अरुमा त मोसन सिकनेस हुन्छ ।
४. कोसँग बढी यात्रा गर्न मन लाग्छ ?
केटा र केटी साथी दुबैसँग ।
५. यात्रामा सबैभन्दा मनपर्ने कुरा ?
साथीसँगको रमाइलो ।
६. यात्रामा तपाइले बढी खोज्ने कुरा के हो ?
मदिरामा मस्ती ।
७. तपाइका आलोचकहरुले ‘दुम्सी’ भन्दा कस्तो लाग्छ ?
मलाई खुशी लाग्छ । ‘दुम्सी’ मलाई मनपर्छ ।
८. तपाइलाई दिक्क लाग्ने कुरा ?
मैले निकै राम्रो नाचेपनि ‘चट्ट रुमाल क्या मालुम’ बोलको गीतमा हिरोले नाच्नै जान्दोरहेनछ भन्ने प्रतिक्रिया आयो । यसमा दुःख लाग्यो ।
९. तपाइलाई अभिनयको कुन पाटो अप्ठ्यारो लाग्छ ?
भावूक हुनुपर्ने दृश्य ।
दुईमध्ये एक रोज्नुहोस् ?
१. साम्राज्ञी राज्यलक्ष्मी शाह वा मलिका महत्त ?
मलिका महत्त
२. निर्देशक झरना थापा कि निर्देशक सम्राट शाक्य ?
यसको जवाफ म दिन सक्दिनँ ।
३. असल सलिन वा हिरो सलिन ?
असल सलिन ।
४. राइजिङ स्टार वा स्टाइलिस्ट स्टार ?
मात्र सलिन ।
५. अनमोल केसी वा प्रदिप खड्का ?
अनमोल केसी
यी व्यक्तिहरुलाई एक शब्दमा भन्नुहोस् ?
१. करिश्मा मानन्धर ?
स्टार
२. सलोन बस्नेत ?
राम्रो कलाकार
३. दिपकराज गिरी
सिनेमा क्षेत्रको राजा
४. भूवन केसी ?
लिजेन्डरी एक्टर ।
प्रतिक्रिया 4