
सप्तरी, १७ चैत । छिमेकीले बाटो नदिएको भन्दै सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका ३ का बासिन्दाहरुले आइतबार पूर्व पश्चिम राजमार्गमा चक्काजाम गरेका छन् ।
नगरपालिकाको वडा नम्बर ३ निवासी हरेकृष्ण रोहिताले आफूहरुको हिँडडुल गर्ने बाटो नै बन्द गरिदिएको भन्दै ५० परिवार पूर्व–पश्चिम राजमार्ग नै अवरुद्व गरेका हुन् । आइतबार दिउँसो भारदहस्थित पूर्व–पश्चिम राजमार्गमा उनीहरुले अपरान्ह ४ देखि ५ बजेसम्म चक्काजाम गरेका हुन् ।
रोहिताले एक बर्ष यता आफूहरुको बाटो नै अवरुद्व गर्ने किसिमले घेराउ गरेको र पटक–पटक भन्दा पनि नखोलेका कारण राजमार्ग नै अवरुद्व गर्नुपरेको पीडित बिन्देश्वर राउतले बताए ।
चक्काजाम गर्न महिलाहरु आ–आफ्ना बच्चासहित आएका थिए । पछि जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले बाटो खोलाइदिने प्रतिबद्वता जनाएपछि उनीहरुले चक्काजाम खोलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4