Comments Add Comment

ग्लोबल आइएमई बैंकबाट सहुलियतपूर्ण कर्जा

१८ चैत, काठमाडाैं । ग्लोबल आइएमई बैंकको त्रिशुली शाखाले ६ जना भूकम्प पीडितलाई भूकम्प पिडितको निजी आवास निर्माण कर्जा वितरण गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले कर्जा वितरण गरेका हुन् । समारोहमा रिटेल बैंकिङ्ग प्रमुख नरहरि सिलवालले तीन जना ग्राहकलाई कृषि तथा पशुपंक्षी कर्जा र महिला उद्यमशिल कर्जा वितरण गरेको बैंकले जनाएको छ ।

स्थानीय सरकारको सहयोगमा घर नबनाएका भूकम्प पीडितको घरघरमा गएर समस्याको पहिचान गर्ने डा. श्रेष्ठको भनाइ छ ।उनका अनुसार सरकारले अनुदान दिएर घर बनाउन लगाउँदा पनि लाभग्राहीले आनाकानी गरेमा सरकारले विशेष निगरानी राखेर वास्तविकता पत्ता लगाउने छ ।

श्रेष्ठले भने, ‘घर नबनाएका लाभग्राहीले आर्थिक अवस्थाको कारण घर नबनाएको भए प्राविधिक सहयोग गर्ने र अन्यत्र घर भएर नबनाएको हो भने लाभग्राही सूचीबाट हटाइने छ ।’

बैंकले भूकम्प पिडितको निम्ति निजी आवास निर्माण कर्जा, व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा, महिला उद्यमशिल कर्जा, व्याज अनुदान सहितको अन्य सहुलियतपूर्ण कर्जा दिँंदै आएको छ ।

बैंकका देशभर १३४ शाखा, १५ राजश्व संकलन काउण्टर, १४२ एटीएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२४ शाखारहित बैंकिङ्ग सेवा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment