
१८ चैत, काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले काठमाडौंमा उपचाररत बारा र पर्साका घाइतेहरूलाई भेटेका छन् ।
शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर उनले घाइतेहरूलाई भेटेका हुन् । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि भेटेर उपचारमा कमी हुन नदिन मन्त्री पोखरेलले निर्देशनसमेत दिएका छन् ।
बारा र पर्सामा आँधी-हुरीबाट घाइते भएकाहरूमध्य ७ जनाको उपचार शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ । उनीहरूलाई सेनाको स्काई ट्रकबाट आज बिहान काठमाडौं ल्याइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4