Comments Add Comment

पञ्चवर्षीय आधार पत्र पारित

२१ चैत, काठमाडौं । राष्ट्रिय योजना आयोगले तयार पारेको मुलुक विकासको पञ्चवर्षीय आधार पत्र पारित भएको छ । काठमाडौंको होटल शोल्टीमा दुईदिनसम्म चलेको विकास परिषदको बैठकले आयोगले तयार पारेको १५ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

आयोगले तयार पारेको आर्थिक वर्ष ०७६/०७७ देखि ०८०/०८१ सम्मको विकास रणनीतिको मस्यौदामाथि बैठकमा छलफल भएको थियो ।

आधार पत्रमा हाल ५ दशमलब ९ प्रतिशत रहेको आर्थिक वृद्धिदर आगामी पाँच वर्षमा बढेर १० दशमलब ३ पुर्याउने लक्ष्य निर्धारण गरिएको छ ।

२८ दशमलब ६ प्रतिशत रहेको बहुआयामिक गरिबीको दरलाई पाँच वर्षमा १४ प्रतिशतमा झार्ने लक्ष्य १५औं आधार पत्रमा छ ।

यस्तै ११ दशमलब ४ प्रतिशत रहेको बेरोजगारको दरलाई विस २०८१ सम्म ४ प्रतिशतमा झारिने, १ हजार ७४ मेगावाट विद्युत् उत्पादनलाई ५ हजार मेगावाट पुर्याउने जस्ता ३३ वटा सूचकहरुको लक्ष्य निर्धारण गरिएको छ ।

यो योजनामा आगामी पाँच वर्षलाई अर्थात आर्थिक वर्ष ०७६/०७७ देखि ८०/०८१ सम्मलाई समृद्धि र सुखको आधार वर्षका रुपमा व्याख्या गरिएको छ ।

पाँच वर्षमा समृद्ध अर्थतन्त्र, सामाजिक न्याय तथा परिस्कृत जीवनसहितको समाजवाद उन्मुख लोकल्याणकारी राज्यको रुपमा रुपान्तरण गर्दै उच्च आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने आधार तयार पार्ने योजना छ ।  ८ महिनाअघि तयार पारिएको योजनाको मस्यौदा परिषद बैठकले पारित गरेसँगै अब मन्त्रिपरिषदमा पेश गरिनेछ ।

यो पनि पढ्नुहोस २५ वर्षमा कोही गरीब नरहने नेपाल कति सम्भव ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment