Comments Add Comment

सिद्धार्थ बैंकको नयाँ शाखा लुक्लामा, एटीएमको पनि सुविधा

२१ चैत, काठमाडौं । सिद्घार्थ बैंकल सोलुखुम्बुको लुक्लास्थित खुम्बु पासाङल्हामु गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोेहण गर्न आउने पर्यटकहरूको घुइँचो रहने हुनाले सिद्धार्थ बैंकले सर्वसुलभ रूपमा देश तथा विदेशका पर्यटकहरू तथा उक्त क्षेत्रका सर्वसाधारण लगायत उद्यमीेमाझ सबै प्रकारका बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याइएको जनाएको छ ।

त्यस्तै बैंकको एटीएम र पीओएसमा मास्टरकार्ड, भिसा कार्डहरुबाट सजिलै कारोबार गर्न सकिने बैंकले जनाएको छ । साथै हालै मात्र बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा ल्याएको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखा सहित बैंकले देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १६० एटीएम र एक हजार २ सय भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment