+
+
Shares

सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २० गते २०:०७

२० चैत, काठमाडौं । सिभिल बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ ।

बुधबार एक कार्यक्रमका बीच सम्झौता पत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरे ।

सम्झौता अनुसार भाटभटेनी ग्रुप द्वारा प्रवद्र्धित भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिभिल बैंकको ७२ वटै शाखाहरुबाट सहज रुपमा पठाउन र प्राप्त गर्न सकिनेछ । साथै यो सेवा नेपालभर रहेका सबै भाटभटेनीसुपर मार्केटहरुमा पनि विस्तार गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?