
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘शिवांश : च्याप्टर १’ को छायांकन पोखरामा सुरु भएको छ र करिब एक महिना लामो छ। यस फिल्मको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका छन् र यो उनको पहिलो निर्देशन हो।
- फिल्मको मुख्य कलाकारहरू प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने हुन् र यसले असोज २४ गते प्रदर्शन गर्ने तयारी गरेको छ। यसमा संगीत न्यूह बज्राचार्य र राजनराज शिवाकोटीले दिएका छन्।
- फिल्मको निर्माणमा विभिन्न प्राविधिक र कलात्मक कर्मचारीहरू संलग्न छन्, जस्तै भीएफएक्स डाइरेक्टर विराज खड्का, आर्ट डिरेक्टर प्रतीक चौधरी, र पोस्टर फोटोग्राफी युवाहाङ राई।
काठमाडौं । फिल्म ‘शिवांश : च्याप्टर १’को छायांकन सुरु भएको छ । पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गरी छायांकन सुरु भएको हो ।
निर्माण घोषणा गरिएको छोटो समयमै छायांकन सुरु भएको फिल्मको पोखराका विभिन्न क्षेत्रमा करिब एक महिना खिचिने निर्माता अञ्जान केसीले जानकारी गराए ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने फिल्मको निर्देशकमा सन्तोष कुमार आत्रेय छन् । यो उनको डेब्यु निर्देशकीय प्रोजेक्ट हो ।
प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपानेको मुख्य भूमिकामा छ । विकास जोशी, विमला लिम्बु, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय रहनेछ ।
कथा अञ्जान केसीले लेखेका छन् । निर्माता पनि उनी स्वयं हुन् । सिनेमाको सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । पटकथा बारत लिम्बुको छ ।
केही समय अगाडि निर्माणपक्षले सार्वजनिक गरेको पोस्टरमा प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएका थिए । उनी शक्ति संघर्षमा विरोधीको नियन्त्रणमा रहेको पोस्टरमा उल्लेख थियो ।
असोज २४ गतेदेखि प्रदर्शन तयारी छ । विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहनेछ । संगीत न्यूह बज्राचार्य र राजनराज शिवाकोटीको छ ।
एक्सन कोरियोग्राफी मिलन श्रेष्ठको । नृत्य विक्रम चौहानको हुनेछ । मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहने फिल्ममा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनर प्रतीक चौधरीको रहनेछ ।
विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको फिल्ममा भीएफएक्स प्रोडुसरका रुपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) हुनेछन् । कस्ट्युम कमल मिश्रको हुनेछ । एमयूए तुलसा लिम्बू, पोस्टर फोटोग्राफी युवाहाङ राईको रहनेछ ।
बारत लिम्बू मुख्य सहायक निर्देशक रहने सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । सरद महतोको छायांकन रहने फिल्मका कार्यकारी निर्माता शम्भु थापा हुनेछन् । चलचित्र चौतारीले पोस्ट प्रोडक्सन काम गर्नेछ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ ।
प्रतिक्रिया 4