
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा सुनको मूल्य दुई दिनमा ५ हजार ७ सय रुपैयाँले घटेको छ र अहिले प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा पुगेको छ।
- सुनको भाउमा आएको गिरावटसँगै, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १९७० रुपैयाँ पुगेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको नयाँ मूल्य तोकेको छ।
३० वैशाख, काठमाडौं । सुनको भाउ प्रतितोला २ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन पनि सुनको भाउ प्रतितोला ३ हजार ७ सय रुपैयाँ घटेको थियो । दुई दिनमै सुनको भाउ तोलामा ५ हजार ७ सय रुपैयाँ घटेको छ ।
अघिल्लो दिन १ लाख ८६ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदी तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी आज १९७० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4