+
+
Shares

सत्य निरुपण तथा बेपत्ता आयोगमा द्वन्द्व पीडितको सहभागिता सुनिश्चित गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २१ गते १९:०९

२१ चैत, काठमाडौं । माओवादी युद्धका क्रममा राज्य र विद्रोही पक्षबाट पीडित भएकाहरुको साझा संस्था द्वन्द्व पीडित साझा चौतारीले संक्रमणकालीन न्यायका सम्पूर्ण प्रक्रियामा पीडितलाई सहभागी गराउन माग गरिएको छ ।

चौतारीले बिहीबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई ध्यानाकर्षण पत्र बुझाउँदै अब गठन हुने सत्य निरुपण तथा मेलमिलाप आयोगमा आफूहरुको सहभागिता सुनिश्चित गर्न माग गरेको हो ।

आयोगको पुनर्गठनका लागि सिफारिस समिति गठन भएको छ । चौतारीले उक्त समितिलाई समेत ध्यानाकर्षण पत्र बुझाएका छ ।

यसअघि आयोगका काम कारबाही तथा गठन प्रक्रियामा द्वन्द्वपीडितसँग परामर्श नगर्दा असफल भएको दावी गर्दै चौतारीले पीडितलाई प्रत्यक्ष सहभागी गराउन माग गरेको हो ।

चैतारीले संक्रमणकालीन न्यायको समग्र प्रक्रियामा द्वन्द्व पीडितहरुलाई सहभागी गराउने सम्बन्धमा मार्गचित्रसहित सरकारको औपचारिक धारणा अविलम्ब सार्वजनिक गर्न मागसमेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?