Comments Add Comment

एजुकेशन पार्कले ‘प्यारेन्ट्स इन्फरमेशन सेसन’ गर्दै, अभिभावकलाई परामर्श दिइने

२० चैत, काठमाडौं । विदेशमा उच्च अध्ययनका बारेमा विद्यार्थीका अभिभावकलाई परामर्श दिने उद्देश्यले एजुकेशन पार्कले ‘यारेन्ट्स इन्फरमेसन सेसन’ आयोजना गर्ने भएको छ ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया वा अन्य देश जान चाहने, तयारी गरिरहेका विद्यार्थी र उनीहरुका अभिभावकलाई लक्षित गरी गोष्ठी आयोजना गर्न लागिएको एजुकेशन पार्कले जनाएको छ ।

चैत २२ र २३ गते अर्थात आउँदो शुक्रबार र शनिबार काठमाडौंको सुन्धारास्थित सिभिल मलको आठौं तल्लामा रहेको संस्थाको कार्यालयमा गोष्ठी हुँदैछ ।

एजुकेशन पार्कले विगत लामो समयदेखि उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, न्युजल्यान्ड लगायतका देश जान चाहने विद्यार्थीहरुको लागि भाषा कक्षा तथा शौक्षिक परामर्श दिँदै आएको छ ।

विदेश अध्ययनमा जाने विद्यार्थी बढेसँगै चुनौती पनि थपिदै गएकोले अभिभावक पनि सही रुपमा सुसूचित हुनुपर्ने भएकाले कार्यक्रम आयोजना गरिएको एजुकेशन पार्कले विज्ञप्ति जारी गरि जानकारी दिएको छ ।

‘विदेश अध्ययनमा जाšदा विद्यार्थीको सम्पूर्ण शैक्षिक, सामाजिक, व्यक्तिगत तथा आर्थिक पाटो अभिभावकहरुले नै बेहोर्नु पर्ने भएकोले त्यसको उचित व्यवस्थापनको परामर्श पनि जरुरी देखिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

अभिभावकको अनुपस्थितिमा विद्यार्थीहरुले मात्र यस्ता संवेदनशील निर्णय गर्दा गलत सल्लाहहरुको सिकार भएको घटना पनि बढेका छन् ।

आवश्यक सूचना अभावमा विदेशमा अध्ययन सुरु गरिसकेका कतिपय विद्यार्थीहरुले उता पुगेपछि विभिन्न समस्या झेल्नुपर्ने र मानसिक तनावको सिकार हुने गरेका छन् ।

त्यसै कारण पनि आगामी दिनमा विद्यार्थी सšगसँगै अभिभावकलाई पनि परामर्श दिनुपर्ने देखिएकाले प्यारेन्ट्स इन्फरमेशन सेसनको आयोजना गरिएको संस्थाले जनाएको छ ।

शैक्षिक परार्मशको क्षेत्रमा क्रियाशिल विज्ञहरुको समूहद्वारा संचालित एजुकेशन पार्कबाट परामर्श लिई थुप्रै नेपाली विद्यार्थी अध्ययनका लागि विदेश गएका छन् । सान्दर्भिकता अनुसार समय समयमा यस्ता सूचनामूलक कार्यक्रमहरु आयोजना गर्दै आएको संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment